- जानकारी नेपाल, डेस्क ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नेपाली कांग्रेसले चुनावी दौडमा अघि बढेको छ । कांग्रेसले जीतपुरमा चुनावी प्रचारप्रसारका लागि घरदैलो कार्यक्रमलाई तिव्रताको साथ अघि बढाएको हो ।
बिहानैदेखि जितपुरकाे टाेल टाेलमा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम गर्दै आएको छ । घरदैलो कार्यक्रम कांग्रेसलेबाट वडा नम्बर ७को वडा अध्यक्ष पदका उम्मेदवार, सदस्य उम्मेदवार सहित कार्यकर्ताहरूको सहभागिता थियो ।
जितपुरमा नेपाली काग्रेसकाे पकड अन्य पार्टी भन्दा राम्रो रहेको स्थानीय नेता दुर्गा रिजालले बताईन । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट नेपाली कांग्रेसबाट मुगले आजम मंसुर, सदस्यमा ज्ञनी पासवान , बिनाेद राैनियार, हरिनारायण राैनियार , बिभा गुप्ता उम्मेदवारी दिएका छन् ।




