बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शान्ति टोलमा नाला उद्घाटन सम्पन्न भएको छ । आफ्नो टोलमा नाला निर्माण भए पछि स्थानीहरुले खुसीका व्यक्त गरेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को शान्ति टोलमा निर्माण सम्पन्न भएको दलान नालाको आज औपचारिक रूपमा रिबिन काटि उद्घाटन गरिएको हो ।
कार्यक्रममा जीतपुर वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य मोहरम मन्सुर लगायतको उपस्थिति रहेको थियो ।




