बारामा पोखरीमा डुबेर २ जनाको मृत्यु

१९ जेठ । बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।  घरनजिकैको पोखरीमा नुहाउन गएका बाराको कलैया उपमहानगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको छ ।

बुधबार कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीका ९ वर्षीय छोरा यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

घरबाट करिब ४/५ जना साथीहरुसँग पोखरीतर्फ निस्केको आधा घण्टामै बालक डुबेका थिए ।  बालकलाई स्थानीयले पोखरीबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको र उनको उपचारको क्रममा अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।