मंगलबारदेखि जनार्दन शर्मामाथि छानबिन सुरु हुने

  • काठमाडौँ, असार २४-

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारबाट छानबिन सुरु हुने भएको छ । करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका शर्मामाथि छानबिन सुरु हुन लागेको हो

प्रश्न उठेपछि २२ असार २०७९ मा प्रतिनिधिसभाले ११ सदस्यीय विशेष समिति (छानबिन समिति) गठन गरेको थियो । उक्त समितिलाई कार्य प्रारम्भ गरेको १० दिने समय दिइएको छ ।