एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का

  • काठमाडौं, साउन २१-

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५.३ रेक्टरको रहेको जनाइएको छ ।

यसअघि ७ दिनअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।