बारामा करेन्ट लागेर एक जनाको ज्यान गयो

  • जानकारी नेपाल, डेस्क ।

मधेस प्रदेशको बारा जिल्लामा आज शनिवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नं. २ ईनर्वाका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको हो ।

स्थानीय चरनदेव भगतको खेतमा पानी हाल्ने मोटरको तार जोड्ने क्रममा यादवलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर ३५ वर्षीय यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिनु भयो ।