- जानकारी नेपाल, डेस्क ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छातापिपरामा आज स्कार्पियोले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री भारत घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ परसवा बस्ने वर्ष ४२ का कहनाई साह तेली रहेका छन् ।
वीरगञ्जबाट जीतपुरतर्फ आउँदै गरेको प्र २ —०३—००१ च ६२१० नं.को स्कार्पियोले पथलैया वीरगञ्ज सडकखण्डको महागढीमाई पेट्रोल पम्पनजिक ठक्कर दिएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।
स्कार्पियोको ठक्करबाट साइकल यात्री तेलीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय जीतपुरले प्रहरी नायब निरीक्षक अजय रामले जानकारी दिनुभयो । ।




