स्कुल बसले ठक्कर दिँदा बारामा एक विद्यार्थीको मृत्यु

  • जानकारी नेपाल, डेस्क ।

मधेस प्रदेशको बारा जिल्लामा स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ६ पानीट्यांकी स्थित आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

आज मंगलबार बिहान ९:१५ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडिको चक्काले किचेको थियो ।