उपत्यकावासीमा सरसफाइबारे जागरण फैल्याउन वाग्मती नदीमा र्‍याफ्टिङ

काठमाडौँ, भदौ ४-

वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज (शनिबार) बिहान र्‍याफ्टिङ गराइएको हो ।

उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ आयोजना गरेको थियो । शहरी विकास मन्त्री मेटमणि चौधरी, वातावरणविद, समाजसेवीलगायत विशिष्ट व्यक्तिहरू सहभागीतामा साढे ५ किलोमिटर जलयात्रा सँगसगै नदीमा सरसफाइ पनि गरिएको थियो ।