एस.एस. पटेल, बारा ।
१२ किलो गाँजा सहित बाराको जीतपुरबाट २ जना पक्राउ परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित टेढारोडबाट प्रहरीले गाँजा सहित २ जनालाई पक्राउ गरेको हो ।
बाराको जीतपुरबाट पर्साको मिलन चौक तर्फ जाँदै गरेका दुईजना माथी संका लागे पछि जीतपुर र सिमराबाट खटिएको सिभिल प्रहरी टोलीले जीतपुरबाट पछि गरेर बारा र पर्साको सिमानाबाट पक्राउ गरेको थियो । जीतपुरबाट पर्साको मिलन चौक तर्फ जाँदै गरेका उनी दुइजनाले पिठमा बोकेको ब्यागबाट ६-६ किलो गरि १२ किलो गाँजा बरामद भएको प्रहीले जनाएको छ ।
पक्राउ पर्नेमा चितवनको रापति नगरपालिका वडा नम्बर १२ बस्ने २६ वर्षका रामकुमार प्रजा र सोही ठाँउका अन्दाजी १८ वर्षका युवराज प्रजा रहेको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक अजय रामले बताउनु भयो ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय सिमरा पठाईएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।




