भरतपुरको दिवान रेष्टुरेन्टबाट ६४० मिलिग्राम खैरो हिरोइनसहित एक पक्राउ

चितवन, भदौं ८-

भरतपुर महानगरपालिका–१० मा रहेको दिवान रेष्टुरेन्टबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

करिब ६४० मिलिग्राम खैरो हेरोइनसहित भरतपुर महानगरपालिका–९ बस्ने ३५ वर्षीय रत्न बहादुर प्रजापतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।