बारा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा सदस्यमा कुशवाहाको स्वतन्त्र उम्मेदवारीको घोषणा

जानकारी नेपाल, डेस्क ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मधेस प्रदेशको बारा क्षेत्र नम्बर ४ (क) बाट सन्तोष कुशवाहाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

कुशवाहाले पार्टीबाद, नाताबाद, कृपाबाद र भ्रष्टाचारको अन्त्य गर्न अब युवाहरु प्रतिनिधि सभा र प्रदेश सभामा जानु पर्ने धारणा सहित आफ्नो स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नु भएको हो । देशलाई अब युवाले मात्र हाक्न सक्ने कुशवाहाको भनाई छ ।

लामो समय देखी समाज सेवामा लागेका सन्तोष कुशवाहा हाल जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका सदस्य समेत हुनुहुन्छ । उनि सदस्य तर्फ सबै भन्दा बढि मत ल्याएर विजयी हुनुभएको थियो । कुशवाहाको बारा क्षेत्र नं. ४ (क) मा निकै राम्रो पकड छ ।

यता क्षेत्र नं. ४ (क) बाट कुनै पनि पार्टीले आफ्नो उम्मेदवारको टुगों भने लगाएको छन । सन्तोष कुशवाहा बारा क्षेत्र नं. ४ (क) मा स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने पहिलो हुन ।