जानकारी नेपाल, डेस्क ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य पदको उम्मेदवारको लागि नेपाली कांग्रेसले झन्डै दुई दर्जनको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस बारा क्षेत्र नम्बर १ (क) बाट २० जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सभा सदस्य उम्मेदवारहरुको छनौट गर्दै बैठकले प्रतक्ष्य र समानुपातिक निर्वाचनको लागि १०/१० जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले प्रतक्ष्यतर्फ सुरेश कुमार खनाल, टेक बहादुर लामा, पेमा सिद्धि लामा, रमेश दंगाल, नवराज तिमल्सिना, ललित बहादुर राई, जय मंगल चौधरी, सुब्बा सिंह बडयू, दिल मोहन चौधरी र क्षवण मैनालीको नाम सिफारिस गरेको छ भने समानुपातिकमा मिना कुमारी लामा, मनमाया तामाङ, सुमिन्त्रा देवी धरुनी, रबिन्द्र पनुवार, मुरलीघर चौधरी, अमिर मोक्तान, सुभदा घिमाल, बलराम अधिकारी, चन्दा लामा र भगवती देवी ठाकुरको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।




