विरगञ्जमा बढी मुल्यमा सामान बेच्ने एक व्यापारी पक्राउ

पर्सा जिल्लाको विरगन्जमा अधिक मुल्यमा सामान बेचेको आरोपमा एक जना व्यापारी पक्राउ परेका छन् । विरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित न्यू पप्पु किराना पसलका सञ्चालक लक्ष्मण पोद्दारले लकडाउनको मौकामा अधिक मुल्यमा सामान बेचेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार १ सय ५ रुपैँया पर्ने बेकिंग पाउडरलाई ३ सय ८ मा बेचेको पाईएपछि शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो । महामारी र निषेधाज्ञाका बिच कालोबजारी गरेको गुनासो प्रहरीमा परेपछि प्रहरीले पोद्दारले सञ्चालन गरेको पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा ५०० ग्रामको बेकिङ पाउडरको बट्टामा उत्पादकले १०५ रुपैयाँ अंकित गरेकोमा त्यसमा पोद्दारले कालो पोतेर ३ सय ८० लेखेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

पसलबाट १२ पिस बेकिङ पाउडरको डब्बाका साथै पोद्दारलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।