बारा, मंसिर १७ गते ।
बाराको जीतपुरसिमरा स्थित रहेको गढिमाई मन्दिर नजिकको नेपाली सेनाको २८ नम्बर बाहिनि अडा अगाडि भएको सवारी दुर्घटनामा कुनै ज्यानको क्षती नभएको प्रहरीले बताएको छ ।
जन्तीबाट बेहुलाले बेहुली लिएर घर फर्किने क्रममा नेपाली सेनाको अडा अगाडि सो कार टयाक्टरमा ठोकिएको थियो । दुर्घटना हेदा कारमा निकै ठुलो क्षेती भएता पनि ज्यानको भने क्षती भएको छैन । प्रहरीको अनुसार बेहुला बेहुली चढेको कारको एयर व्यागले सबैको ज्यान जोगिएको हो ।
प्रदेश ३–०१–०२३ च ८२४६ नम्बरको कारले ना १ त ९४२१ नम्बरको टयाक्टरमा ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको विरगञ्ज स्थित मेडिसिटि बयोध्या अस्पतालमा उपचार भैरहेको छ ।




