मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमान्‌को मृत्यु

तनहुँ-मंसिर २९-

तनहुँमा मदिरा पिएकी श्रीमतीले श्रीमान्‌को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिका घर भएकी सुशीला विकले बुधबार साँझ साढे ९ बजे मदिरा सेवन गरि विवाद गरेकी सुशीलाले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीलाई कुटपिट गरी ढुंगाले टाउकोमा हिर्काएर उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार श्रीमतीको कुटपिटबाट गम्भीर बनेका नेपालीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको हो । पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भएका उनी हाल तनहुँको शक्ला गण्डकी–४ प्रगति टोलमा श्रीमतीसँगै डेरामा बस्दै आएका थिए। घरयाँसी कुरामा विवाद भएको र त्यसपछि सुशीलाले मनबादुरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

प्रहरीले हत्या आरोपमा सुशीलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।