ट्रकमा मोटरसाइकल ठोक्किँदा बारामा २ जनाको मृत्यु

बारा, पुष गते

बारामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हिजो आइतबार साँझ दुर्घटनामा रौतहटका दुई जना युवकको मृत्युभएको हो सोही मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्

सडकको छेउमा मर्मत गर्न राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँएर रौतहटको गुजरा नगरपालिका वडा नम्बर सिम्रिका निवासी २६वर्षीय भुवन पहारी २७ वर्षीय रितबहादुर राई रहेका छन् दुर्घटनामा सोही स्थानमा २४ वर्षीय सुशील माझी घाइते भएका छन्

आइतबार साँझ करवी बजे पूर्वपक्षिम लोकमार्गको भमरा धन्सार पुलबीचको जङ्गलमा पर्ने सिम्री जाने सडकभन्दा करिब सयमिटर पर दुर्घटना भएको थियो जिल्ला प्रहरी कार्यालय बाराले जनाएको

चक्का फेर्न भनेर राजमार्ग छेउमा रोकेर राखेको प्रदेश ०३००१ ४२२९ नम्बरको ट्रकमा निजगढबाट सिम्रीतर्फ जाँदै गरेको प्रदेश ०३००९ ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलमा सवार जना मध्ये दुई जनाको घटनास्थलमै ज्यान गएकोप्रहरीले जनाएको गम्भीर रुपले घाइते सुशिललाई उपचारको लागि भरतपुर पठाइएको