- एस.एस.पटेल, बारा ।
बारामा आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बारामा पनि कोरोनाको संक्रमण दर तिब्र रुपमा बढिरहेको सन्दर्भमा फेरि आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक विज्ञप्ति जारी गर्दै जानकारी गराउनु भएको छ ।
पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ १६ गते सकिन लागे पछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार कोरोनाको संक्रमण चेन ब्रेक गर्न फलदायी देखिएकाले निषेधाज्ञा बढाइएको हो ।
थपिएको निषेधाज्ञा जेठ १६ गते राति १ बजेदेखि आगामी जेठ २२ गते राति १२ बजेसम्म लागु हुनेछ । थपिएको निषेधाज्ञा केही थप र संशोधनसहित जारी भएको छ ।





