- एस.एस. पटेल, बारा ।
बाराको प्रमुख जिल्ला अधिकारीलाई होटल तथा पर्यटन व्यवसायी संघ बाराले ज्ञापनपत्र बुझाएको छ । स्वास्थ मन्त्रालयले तोकेको सुरक्षाको मापदण्ड अपनाई सबै किसिमको खाजा नास्ता घर, होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, लज लगायत पर्यटन व्यासायहरूलाई संचालनको व्यवस्था मिलाउन संघले जिल्ला प्रशासन कार्यालय बारालाई ज्ञापनपत्र बुझाईएको हो ।
कोभिड १९ ले पुर्णरूपले थप रहेको होटल तथा पर्यटन व्यवसायलाई विशेष कार्यविधि तथा सुरक्षाको मापदण्ड बनाई २०७८ असार १५ गते देखि संचालनको व्यवस्था मिलाउन होटल तथा पर्यटन व्यवसायी संघको ज्ञापनपत्रमा उल्लेख छ ।
करिब डेढ वर्ष देखि पुर्णरूपले थप रहेको होटेल तथा पर्यटन क्षेत्र झन झन प्रभावित हुँदै गएको छ । सरकारले पर्यटन वर्ष २०२० को प्रचार प्रसार गरे पछि यो क्षेत्रको व्यपावसायीहरू कर्जा लिएर होटेल तथा पर्यटन क्षेत्रलाई विस्तार गरेका थिए तर कोरोनाको महामारीले पर्यटन वर्ष रोकिए पछि यो क्षेत्र सत् प्रतिशत मारमा पर्यो र हाल सम्म यो क्षेत्र पुर्णरूपले बन्दाबन्दि नै भएको कारण बैंक संग लिएको कर्जा समेत तिर्न सकिएको छैन ।
होटल तथा पर्यटन व्यवसायी संघ बाराले बैंकको व्याज, घरभाडामा छुट, अनुदान तथा किस्तामा सहुलियत प्रदान गरि होटल तथा पर्यटन व्यवसायलाई बनाउन नीति तथा कार्यक्रम बनाई लागू गर्न पनि सरकार संग माग गरेको छ।
होटल तथा पर्यटन व्यवसायी संघ, बाराको ज्ञापनपत्र:




