- एस.एस. पटेल, बारा ।
बाराको सिमरास्थित सुर्य नेपाल अगाडि सडक दुर्घटना हुदा एक जना महिलाको मृत्यु भएको छ ।
हिजो सांझ ५ः३० बजेको समयमा सिमराबाट जितपुरतर्फ जादै गरेको ना ५१ प २०६५ नम्बरको मोटरसाईकललाई सोहि दिशामा रहेको ना ७ ख ५३९ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाईकलमा सवार एक महिला गम्भिर घाईते भएकि थिन ।
मोटरसाईकलमा पछाडि सवार पर्सा जिल्ला भिष्वा बस्ने बाबुलाल सिंहको १८ बर्षिय छोरी निता सिंहको टाउकोमा गम्भिर चोट लागेको थियो उन्को विरगञ्जमा उपचारको क्रममा हिजो साझ मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक डिएसपी मनोजित कुंवरले जानकारी दिनुभयो । सिंहको सिमरास्थित अल्पाईन अस्पतालमा प्राथमिक उपचारपछि बिरगञ्ज रेफर गरीएको थियो ।
मोटरसाइकल चालकको विरगञ्जस्थित वयोदया अस्पतालमा उपचार भईरहेको छ भने ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको डिएसपी कुंवरले जानकारी दिनुभयो ।




