कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ६ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको हो ।
सुप.प्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई हिजो शनिबार राति करिब १०ः३० बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।




