- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको बजार सहित अधिकांश टोल वर्षाको पानीले जलमग्न भएको छ । सडक र नालाको राम्रो निकास नभएको कारण जीतपुरको फुटफाट बजार सहित अधिकांश टोल जलमग्न भएको हो ।
पथलैया-विरगञ्ज छ लेन व्यापारीक मार्ग सडक निर्माणमा ढिलाई भएको कारण जीतपुरको मुख्य सडक नै अस्तव्यस्त अवस्थामा छ । सडक डिभिजनको रापरवाहीले सडक निर्माण नहुदा पानिको निकास हुनसकेको छैन । पानीको निकास नै नहुदा सडक र नालीको पानी समेत जीतपुरको फुटफाट बजारमा जम्ने गरेको छ ।
यता जीतपुरको कुनै टोलमा सडक छ तर पानी निकासको लागि नाला नहुदा र कुनै टोलमा नाला छ तर सडक निर्माण नहुदा बाटोमै पानी जम्ने गरेको छ ।
जीतपुरको शान्ति टोलबाट नसिम नगर टोल जानेबाटोमा मध्यम पानी पर्दा पनि त्याँहाका घरहरूमा २ फिट भन्दा बधि पानी जम्ने गरेको छ ।

यता नसिमनगर टोलमा हाल सम्म २०% पनि बिकासको काम हुन सकेको छै उक्त टोलमा नाला र सडक केहीको पनि विकास नभएको हुनाले वर्षायाममा स्थानियहरू हिलोमा बस्न बाध्य हुनेगरेका छन् ।

यता जीतपुरको गुद्री बजारको एक टोलमा सडक र नाला निर्माण नहुदा पानी जमेर घरघरमा हिलो हुनेगरेको कारण स्थानियहरू पिडित भएका छन् ।

त्यसै गरि जीतपुरबाट नगौल जाने मुख्य बाटोमा सडक भन्दा एक फिट भन्दा पनि माथी नाला निर्माण भएको कारण पानीको निकास हुनसकेको छैन त्याहा वर्षाको पानीले सडकमै करिब १०० मिटर भन्दा लामो पोखरी नै बनेको देखिन्छ ।

यता जीतपुरबाट बकुलिया जाने बाटो र सिखरटोलमा पनि वर्षायाममा बर्सेनि पानी जमेर हिलो हुनेगरेको छ ।




