- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थिति रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयको ७ सदस्यी अस्थायी व्यवस्थापन समिति गठन भएको छ । स्थानीय निकायको शिक्षा एन अनुसार वडा कार्यालयले अस्थायी समिति गठन गरेको हो ।
प्रविधिमा जील्लाकै उत्कृष्ट समेत बन्न सफल भएको उक्त स्कुल व्यवस्थापन समितिको कमि कम्जोरीले हाल स्कुलको भोतिक र शैक्षिक स्तर दिनप्रतिदिन घट्दै गए पछि वडा कार्यालयद्वारा वडा अध्यक्षकै अध्यक्षतामा नंया समिति बनाउन सिफारिस गरिएको थियो । सिफारिस पछि वडा अध्यक्ष माथिनै उच्च अदालत विरगञ्जमा मुदा परेको थियो उक्त मुदा हालसम्म विचाराधीन अवस्थामा रहेको वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीले बताउनु भयो ।
मुदा परेपछि स्कुलको भविष्यलाई मध्यनजर गर्दै स्कुलको पहिलेकै व्यवस्थापन समिति संग बसेर नंय समिति बनाउन बारमबार छलफल हुदा पनि व्यवस्थापन समिति गठन हुन नसके पछि वडा कार्यालयले आफ्नो अधिकार प्रयोग गर्दै स्कुलको नंया अस्थायी समिति गठन गरेको वडा अध्यक्ष चौधरी बताउनु भयो ।
राधेश्याम चौधरीको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । समितिको सदस्यमा लक्ष्मण यादव, विरकेश्वर चौधरी, लालसा देवी, वैधानाथ चौधरी, सुनैना देवी, इन्दर कुमारी चौधरीलाई चयन गरिएको छ । हाल स्कुलको व्यवस्थापनको लागि उक्त समिति गठन गरिएको र फेरि उक्त समितिमा सदस्यहरू थप गरिने समेत अध्यक्ष राधेश्याम चौधरीले बताउनु भयो ।
समिति गठनविरूध स्थानिय हरिनारायण चौधरीले मुदा दायर गरेका छन् उक्त मुदा विचाराधीन छ । सोविरूध वडा अध्यक्ष चौधरी रिट दायर गरेका छन् । जसमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा दुबै पछलाई भादौ ८ गते अदालतमा बोलाईएको छ ।
७ सदस्यी समितिलाई घोषणा समारोह कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको थियो । समारोह कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अथिति जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा.कृष्ण पौडेल रहनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अथिति रहनुभएका जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख शिवजी प्रसाद साहले कार्यक्रममा बोल्दै वडा कार्यालयले स्कुलको अवस्था हेरेर आफ्नो अधिकारको प्रयोग गर्दै स्कुलको राम्रो हकहितको लागि अस्थायी व्यवस्थापन समिति गठन गरेको बताउनु भयो । उहाका अनुसार दुई पटक सबैको सहमतिमा स्थानीय समिति गठन गर्न प्रयास गर्दा असफल भए पछि स्कुलको अवस्था हेरेर स्थानिय सरकारको शिक्षा एनको प्रयोग गर्दै वडाले अस्थायी समिति गठन गरेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अथिति जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले नेरा नमुना मावी बकुलिया स्कुल प्रविधिमा आफ्नो छुटै छाप बनाउदै गएको बताउदै उक्त स्कुलको लागि बनेको नंया व्यवस्थापन समितिलाई निष्पक्ष रूपले काम गर्न अनुरोध गर्दै व्यवस्थापन समितिका सदस्यहरूलाई सम्मान सहित बधाई दिनुभएको थियो ।
कार्यक्रमलाई समापन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीले व्यवस्थापन समिति चयनमा बारमबार विवाद हुदा स्कुलको अवस्था दिनप्रतिदिन खराब हुदैगएको कारण वडाले आफ्नो अधिकार प्रयोग गर्दै स्कुल व्यवस्थापनको लागि नयाँ समिति बनाएको बताउनु भयो ।






