रौतहटबाट एक हजार भन्दा बढी बोरा युरिया मल बरामद

रौतहट, वैशाख २९ गते । रौतहटको राजपुर नगरपालिका वाड नम्बर ५ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा भारी मात्रा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिए । शुक्रबार करिब तीन १ बजेको समयमा राजपुर नगरपालिका-५ स्थित स्कुल चौकका विभिन्न … Read more

रेशम चौधरीको मुद्दा फिर्ता गर्न सरकारले दर्ता गर्‍यो विधेयक

काठमाडौं, वैशाख २८- सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद सचिवालयमा दर्ता गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार दर्ता गरेको विधेयकमा टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिन बाटो खोल्ने गरी बुँदा संशोधन गरिएको छ । टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर … Read more

हेटौंडामा आरजु राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ

काठमाडौं, वैशाख २८- हेटौंडामा नेपाली कांग्रेसकी सांसद आरजु राणालाई कालो झन्डा देखाउन खोजेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो १ बजेतिर एक जना पुरूषलाई हेटौंडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा हेटौंडाकै कृष्णराज कोइराला छन्। हेटौंडामा आयोजित कार्यक्रममा सहभागी हुन राणा पुगेकी थिइन्। उनी हेटौंडा आउने … Read more

शरणार्थी प्रकरणको पृष्ठभूमि सँगै कस्ले के क्रियाकलाप गरे म जेठ चारको संसदमा भन्छुः ओली

काठमाडौं, वैशाख २८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे संसदमा सत्य कुरा बोल्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले आगामी जेठ चार गते संसदमा भुटानी शरणार्थी प्रकरणबारे पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको ओलीले बताए । २०/२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको … Read more

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

विराटनगर, वैशाख २८– छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ । मोरङको रङेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि बसेकी आमाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा हुँदा आमा मानकीदेवी साहको मृत्यु भएको … Read more

नेपाल विज्ञापन संघ (आन) द्वारा आन्दोलनको घोषणा

काठमाडौं, वैशाख २७ गते । नेपाल विज्ञापन संघ आनद्वारा आज बैशाख २७ गते बुधबार रोयल बैकेट तिनकुनेमा सरकारद्वारा जारी गर्न लागेको विज्ञापन नीतिको विरोधमा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा हाल सरकारले प्रस्ताव गरेको विज्ञापनमा एकद्धार नितिको विषयमा आनले बिरोध जनाउँदै श्रृखलावद्ध विरोधको कार्यक्रमको घोषणा गरेको छ । विरोधको कार्यक्रम घोषणा गर्दै आनका अध्यक्ष सोम … Read more

सकियो प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीचको छलफल

काठमाडौं, वैशाख २७- सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भएको छलफल सकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल झन्डै साढे एक घन्टा कुराकानी भएको हो । आजको भेटमा संसदीय समितिहरूको नेतृत्व, सत्य निरूपण तथा मेलमिलाप विधेयकलगायत विषयमा छलफल भएको कांग्रेस संसदीय दलका प्रमुख … Read more

जीतपुरसिमराः घरभाडामा बस्नेको फोटोसहितको विवरण वडा कार्यालयमा पेश गर्नुपर्ने

बारा, वैशाख २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले घरभाडामा बसेकाहरुको फोटोसहितको विवरण वडा कार्यालयमा बुझाउनु पर्ने निर्देशिका कार्यान्वयलाई अगाडी बढाएको छ । घर बहाल व्यवस्था निर्देशिका, २०७९ मा जीतपुरसिमरा उपमहानगरपालिकाको क्षेत्र भित्र कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर, घरको कुनै तला, एकाइ वा कोठा, घरजग्गा र सोको लगापात वा जग्गा निश्चित समयको लागि … Read more

एमालेले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट पैसा लिएको खुलासा

काठमाडौं, वैशाख २७– राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८÷७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका … Read more

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं, वैशाख २६- पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो । उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ । इस्लामावादको हाइ कोर्टमा उनीविरुद्धको सुनुवाइमा उपस्थित हुने क्रममा अदालतको गेटबाट खानलाई अचानक उक्त फोर्सले पक्राउ गरेको प्रत्यक्षदर्शीले … Read more