वीरगञ्जमा मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु

पर्सा, चैत्र ११ गते । पर्सामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित ड्राइपोर्ट सडक खण्डबाट चोर्नीतर्फ जाँदै गरेको बिआर ०५ ए एम १६२४ नम्बरको भारतीय मोटरसाइकलबाट लडेर १ जनाको ज्यान गएको हो । मोटरसाइकलको पछाडी सवार भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल बस्ने ५० वर्षीय … Read more

रास्वपाले चितवन-२ मा एक्लै चुनाव लड्ने, तनहुँ र बारा-२ मा पनि उम्मेदवार उठाउने

बारा,चैत ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते देशका तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा रहेको रास्वपाले उपनिर्वाचन भने एक्लै लड्ने निर्णय गरेको हो। गत पुस १० गते एमाले नेतृत्वको सात दलीय गठबन्धनमा जोडिएको रास्वपा त्यसपछि फागुन २५ गते भएको राष्ट्रपति … Read more

जीतपुरसिमरा गोल्डकप: बागमतीलाई पराजित गर्दै वीरगञ्ज क्वाटरफाइनलमा प्रवेश

एस.एस. पटेल, बारा । वागमती यूवा क्लब विरुद्ध ३–० को सहज जित निकाल्दै बीरगञ्ज यूनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुर सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोश्रो हाफमा वीरगञ्ज हावी भयो । बागमतीविरुद्ध खेलको ५४ … Read more

उपेन्द्र यादवलाई बाराबाट पनि पराजित गर्नु पर्छः सीके राउत

बारा, चैत १० गते । जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा– २ बाट पनि पराजित गर्नु पर्ने बताएका छन्। वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ मा यादवलाई पराजित गर्नको लागि जनमत पार्टीले पनि उम्मेदवारी दिने उनले बताए। कलैया स्थित सिद्धेश्वर संस्कृत माध्यमीक बिद्यालय परिसरमा … Read more

पोखरियामा चितुवाले आक्रमण गर्दा एकजना प्रहरीसहित ३ जना घाइते

पर्सा, ८ चैत । पर्साको पोखरियामा चितुवाको आक्रमणबाट एक प्रहरी सहित तीनजना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । मंगलबार मध्यराति जंगलबाट गाँउमा छिरेको चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाका जोगिन्द्र साह तेली, वडा नम्बर ४ का दिल महम्मद मियाँ र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान … Read more

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, बारा-२ बाट उपेन्द्र यादवलाई उठाउने विषयमा छलफल हुने

बारा, ८ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । बैशाख १० मा हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि वालकुमारीस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । मुख्यतः बारा निर्वाचन क्षेत्र नम्बर २ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको … Read more

जीतपुरसिमरा गोल्डकप हेर्न जाने दर्शकलाई ५ लाखको ईन्स्योरेन्स व्यस्था

एस.एस. पटेल, बारा । चैत्र ९ गते देखी सुरु हुने जगदम्बा स्टिल १३औँ जीतपुरसिमरा गोल्डकपमा यस वर्ष ईन्स्योरेन्समा राम्रो ध्यान दिइएको छ । प्रतियोगितमा कार्यसमिति, खेलाडी र अफिसियलहरुलाई दश लाखको ईन्स्योरेन्सको व्यवस्था गरिएको छ भने स्वयंसेवक, पत्रकारसमेत १०० जना दर्शकको रु पाँच लाखको ईन्स्योरेन्सको व्यवस्था गरिएको हो । खेलमा हुने अपर्यासित दुर्घटालाई मध्यनजर गर्दै आयोजक नव … Read more

सोलुखुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृत्यु

सोलुखुम्बु, चैत ८ सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको लेक लागेर गत सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर साहले बताए। खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। हिमपातका कारण सो … Read more

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

सुर्खेत, चैत ८- दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका(४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ट्रक सडकबाट करिब १५० मिटर तल खसेको थियो। मृत्यु हुनेमा … Read more

भोली देखि जीतपुरसिमरामा फूटबलको महाकुम्भ

एस.एस. पटेल, बारा । मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि यतिबेला रंगशालामा अन्तिम तयारी भईरहेको छ । उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजक नव जनजागृति युवा क्लबले रंगशालामा मञ्च व्यवस्थापन, प्यारापीट रंगरोगनको काम गरिरहेको छ । रंगशालामा मंगलवार पत्रकार सम्मेलनको … Read more