‘पठान’ ले नेपालमा कमायो ८ करोड

काठमाडौँ, फागुन २४- बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म ‘पठान’ ले नेपालबाट राम्रो कमाइ गरेको छ। वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको हो। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ।

राष्ट्रपति चुनावमा भोट नहाल्ने राप्रपाको निर्णय

काठमाडौं, फागुन २४– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टीभित्र तटस्थ बस्ने वा नबस्ने भन्ने चर्काे विवाद देखिएपछि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ ।

गायक राजेश पायल राईले प्रेमिकासँग बिहे गरेको प्रमाणपत्र सार्वजनिक

काठमाडौँ, फागुन २४- गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग विवाह गरेका छन्। लिभिङ टुगेदरमा बस्दै आएका उनीहरुले केही समयअघि नै विवाह दर्ता गरेको प्रमाणपत्र सार्वजनिक भएको हो। गत मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा विवाह दर्ता गरेको उल्लेख छ। उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख गरेका छन्। यो … Read more

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, यस्तो छ परिक्षा तालिका

काठमाडौँ, फागुन २१– कक्षा १२ को परीक्षा आउँदो वैशाख २६ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले यस वर्षको कक्षा … Read more

तराई यातायात व्यवसायी संघको १६औं वार्षिक साधारण सभा सम्पन्न

बारा, फाल्गुन १९ गते । तराई यातायात व्यवसायी संघको १६औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । जीतपुरसिमरा २ स्थित संघको भवनमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो। साधारण सभा तथा अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले यातायात व्यवसायीको पक्षमा आफ्नो … Read more

नेपाली सेनामा रोजगारीको अवसर, कुन पदमा कति खुल्यो ?

काठमाडौं, फागुन १९- नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो । बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ … Read more

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बारा, १९ फागुन । आज साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यfवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको १०० रुपैयाँ घटेर तोलाको एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख २ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ । … Read more

अभिनेता पल शाहले उच्च अदालतबाट पाए सफाई, जेल मुक्त हुने

पोखरा, फागुन १४– अन्ततः बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै पल शाह एक वर्षपछि जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने … Read more

मधेश प्रदेशमा सरकारबाट एमाले हटाइने

जनकपुर,१४ फागुन । नेकपा एमालेको अग्रसरतामा गठन भएको सत्ता गठबन्धन ६१ दिनमा भत्किए लगतै मधेशको सत्ता गठबन्धनमा हलचत देखिएको छ । मधेश प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री र १ जना राज्यमन्त्री छन् । मधेश प्रदेशका सभामुख पनि एमालेका रामचन्द्र मण्डल हुन् । मधेश प्रदेशमा सबै भन्दा ठूलो दल रहेको एमालेका २४ जना सभासदस्य रहेका … Read more

अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, ५ जनाको मृत्यु

अमेरिका, फागुन १४- अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए) ले आज जनाएको छ । दुर्घटनाग्रस्त … Read more