संविधानले नेपालमा राजा महाराजालाई ठाउँ दिएकौ छैन,ज्ञानेन्द्रको अभिव्यक्ति हाम्रो लागि चुनौतीः प्रचण्ड

काठमाडौं,फागुन १३- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले गणतान्त्रिक मुलुकलाई अपमानित गरेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानलाई अपमानित गर्नेगरी पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिएको आरोप लगाए। उनले संविधानले राजा महाराजालाई कसैलाई ठाउँ नदिएको भन्दै पूर्वराजा शाहलाई स्मरण गराएका थिए। संविधानले नचिनेका धारा लागे अस्ती फागुन ७ गते। संविधानले कुनै राजा … Read more

विदेश जान पाउनुपर्ने सन्दीपको मागकाे निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ, फागुन १४ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने माग राख्दै गरेको निवेदनमा आइतबार सुनुवाइ हुँदैछ। गत शुक्रबार सर्वाेच्च अदालतले सन्दीपले दिएको निवेदनलाई सरकारी वकिलले दायर गरेको अर्को मुद्दासँगै राखेर पेश गर्न अग्रधिकारसहित आदेश गरेका थियाे। शुक्रबार न्यायाधीश ईश्वरीप्रसाद खतिवडा इजालासमा भएको बहसमा सन्दीपका वकिल … Read more

आज तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं,फागुन १४- देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना … Read more

सुन र चाँदीको मूल्य घट्यो

१२ फागुन, काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख १ हजार ९ सय र चाँदीको मूल्य … Read more

मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हेटौंडा,१२ फागुन । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गए राति हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते उनको … Read more

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ, फागुन १२- संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची मात्रै रहेको संसद सचिवालयले जनाएको छ ।

निलम्बन फुकुवा भएसँगै सांसद चौधरीले राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने

काठमाडौँ, फागुन १२- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण मतदाता सूचीमा उनको नाम समावेश थिएन । बिहीबार निर्वाचन आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै उनको नाम मतादाता सूचीमा … Read more

अत्यावश्यक सरकारी कार्यालय बिदाको दिन पनि खोल्ने तयारी

काठमाडौं, फागुन १२– सरकारले अत्यावश्यक सरकारी कार्यालय शनिवारबाहेक अन्य सार्वजनिक बिदाका दिन खोल्ने तयारी गरेको छ । पछिल्लो समय सार्वजनिक बिदा धेरै भएको भन्दै जनगुनासो आएपछि बिहीवारको मन्त्रिपरिषद् बैठकमा अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने विषयमा छलफल भएको हो । एक जना मन्त्रीले दिएको जानकारीअनुसार सार्वजनिक बिदाको दिन काम गर्ने कर्मचारीलाई थप सुविधा वा … Read more

केपी ओलीको ७२औँ जन्मदिन आज

काठमाडौं, फागुन ११– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको आज ७२औं जन्मदिन हो । बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा ओलीको जन्म भएको थियो। २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा … Read more

सुर्खेतमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

काठमाडौं, ११ फागुन – सुर्खेतमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय विकले आफैलाई गोली हानेर आत्महत्या गरेको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विकको शव पोष्टमार्टमका … Read more