असईबाट अभद्र व्यवहार भएको भन्दै बारामा म्यादी प्रहरीको प्रदर्शन

जेष्ठ ६ शुक्रबार, बारा । बारामा म्यादी प्रहरी आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक असईले अभद्र व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आरोप छ । उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । आक्रोशित म्यादी … Read more

अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

काठमाडौँ, ६ जेठ – नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले नेपाली रु … Read more

जीतपुरसिमराको मेयरमा “राजन पौडेल”, उपमेयरमा “भोला अधिकारी” विजयी, हेर्नुहोस् कुन वडामा कस्ले मार्यो बाजी

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा ५ दलिय गठबन्धनका उम्मेदवार राजन पौडेल विजयी भएका छन् । राजन पौडेल १८ हजार ७ साय ४३ मत ल्याएर उपमहानगरको मेयरमा विजयी भएका हुन । तेसै गरि उपमेयरमा नकपा एमालेका उम्मेदवार भोला प्रसाद अधिकारी १७ हजार ४ साय ९२ मत ल्याएर जीतपुरसिमरा उपमहानगरको उप–मेयरमा विजयी हुनु … Read more

निर्वाचन अधिकृतको सहि नभएको मतपत्रलाई लिएर जीतपुरसिमरा १३ को मतगणना रोकियो

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ को मतगणना रोकिएको छ । निर्वाचन अधिकृतको सहि नभएको मतपत्र बदर हुने नहुने विषयलाई लिएर मतगणना रोकिएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ को केही मतपत्रमा निर्वाचन अधिकृतको सहि नरहेको अनुमान गरिएको छ । एमालेले यस्तो मतपत्र बदर हुनु पर्छ भन्ने माग राखेको छ … Read more

जीतपुरसिमरा १५ मा माओवादी केन्द्रका लामिछाने विजयी

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका रामप्रसाद लामिछाने वडाध्यक्षमा निर्वाचित भएका छन् । आफ्ना चार सदस्यसहित वडाध्यक्षमा निर्वाचित हुने क्रममा लामिछानेले एक हजार ४८ मत प्राप्त गरेका छन् । उनको निटकतम प्रतिद्धन्दी नेकपा एमालेका राजकुमार अर्यालले सात सय ६६ र नेपाली कांग्रेसका नमराज संजेलले ६ सय ६ मत प्राप्त गरे । लामिछानेले … Read more

जीतपुरसिमराको मतगणना अन्तिम चरणमा, मेयरमा पौडेलको जित पक्का, उपमेयरमा प्रतिस्पर्धा हुदै

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । स्थानिय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा ५ दलिय गठबन्धनबाट मेयर उम्मेदवार राजन पौडेलको जित सुनिचित भएको छ भने उपमेयरमा गठबन्धन र एमालेका उम्मेदवार विच प्रतिस्पर्धा जारी छ । मेयरमा गठबन्धन उम्मेदवार पौडेल एमालेकी मेयर उम्मेदवार सरस्वती देवी चौधरी संग १५ सय … Read more

जीतपुरसिमरा १० मा आयो नेकपा एसको सरकार

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १० मा नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार संजय पटेल विजयी भएका छन् । जीतपुरसिमरामा खाता खोल्ने क्रममा पटेलले ६ सय ७९ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्धन्दी सरोज कुमार राउतले ६ सय २६ मत प्राप्त गरेका छन् । पटेलले ५३ मतको मतान्तरले … Read more

जीतपुरसिमरा ९ बाट लोसपाले खाता खोल्यो, यादवको प्यानल विजयी

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिका ९ मा लोकतान्त्रिक समाजवादी पार्टीका मातिलाल राउत यादवको प्यानल विजयी भएको छ । लोसपाले पहिलो विजय प्राप्त गर्ने क्रममा यादवले ६ सय ११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भुदेव चौधरीले दुई सय ६७ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद चौधरीले … Read more

जीतपुरसिमराको मेयर र उप-मेयरमा एमालेको सान्दार कमब्याक

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेले सान्दार कमब्याक गरेको छ । केही वेर उता गठबन्धन संग निकै पछाडि रहेको एमाले अहिले गठबन्धनलाई उछिन्दै उप-मेयर पदमा ९ सय भन्दा बढि मतले अग्रता कायम गरेको छ भने मेयर पदमा ३ हजारको फारक मतान्तरलाई घटाएर मात्र ९ सायमा झारेको छ । आज मंगलबार बिहान सम्म मेयर … Read more

जीतपुरसिमरा-८ मा एमालेका शिवशंकर महतो कोइरी प्यानल सहित बिजयी

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिका ८ मा नेकपा एमालेका उम्मेदवार शिवशंकर महतो कोईरीको प्यानल विजयी भएको छ । महतो आठ सय ४० मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु कुर्मीसंग एक सय ८७ को फराकिलो मतान्तरले जित हात पारेका हुन् । कुर्मीले ६ सय ५३ मत … Read more