आज बिहीवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत २९ गते

चैत २९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ । आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । लगानी … Read more

आज इद उल फित्र मनाउँदै

काठमाडौं, चैत २९- इस्लाम धर्मावलम्बीले आज बिहीबार इद मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) बसेर आज खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो । रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ। इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै … Read more

आजको मौसमः यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौं,चैत २९- देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । विभागले दिउँसो पहाडी … Read more

जीतपुरसिमरा गोल्डकप: साविक विजेतालाई स्तब्ध पार्दै सिराहा सेमीफाइनलमा प्रवेश

सिमरा, २५ चैत्र साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्धपार्दै सलहेश युवाक्लब सिराहा १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभीजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित दर्ता ग¥यो । खेलको १४ औं मिनटमा सिराहाका लागि आशिष चापाँगाईले … Read more

जीतपुरसिमरा गोल्डकप: साविक विजेतालाई स्तब्ध पार्दै सिराहा सेमीफाइनलमा प्रवेश

सिमरा, २५ चैत्र साविक विजेता चर्च व्वाईज युनाईटेड क्लबलाई इन्ज्युरी समयमा स्तब्धपार्दै सलहेश युवाक्लब सिराहा १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभीजन क्लब चर्च व्वाईज विरुद्ध रोमाञ्चक जित दर्ता ग¥यो । खेलको १४ औं मिनटमा सिराहाका लागि आशिष चापाँगाईले … Read more

पाँचौ बकुलिया भवानीपुर गोल्डकपः आज फाईनल, उपाधीको लागि आयोजक र सर्राली भिड्दै

बारा, चैत्र २३ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आज फाईनल खेल हुने भएको छ । उपाधीको लागि आयोजक जन काल्याणकारी क्लब बकुलिया भवानीपुर र एभेरेष्ट फुटबल क्बल सर्लाही भिड्दै छन् । जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा दिनको २ … Read more

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

सुदूरपश्चिम, चैत २२- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँ समक्ष हिजो साँझ आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखको निवास पुगेर उहाँले राजीनामापत्र बुझाउनुभएको हो । यसअघि हिजो आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची थियो । आह्वान गरिएको बैठकमा आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि उहाँले … Read more

आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत २३ गते

चैत २३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ … Read more

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुरमा मेयर कप फुटबल हुने, महानगरसंग भयो सम्झौता

भरतपुर, चैत २२- भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सेन्ट्रल कलेज रहने भएको छ । बैशाखदेखि सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज र भरतपुर महानगरपालिकाविच बिहिबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना र … Read more

भरतपुरमा चैत २५ गतेदेखि अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

भरतपुर, चैत २२- चितवनको भरतपुरमा यही चैत २५ गतेदेखि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उद्देश्यका प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । भरतपुरका विभिन्न स्थानमा खेल खेलाइने खेलकुद विकास … Read more