क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन दिएका लामिछानेले नेपालभित्र क्रिकेट खेल्न पाउने

काठमाडौँ, माघ १८- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। एक बोर्ड सदस्यका अनुसरा क्यानले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएपनि उनी तत्काल राष्ट्रिय टिममा नपर्ने ती सदस्यले बताए। लामिछानेले क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन … Read more

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ६३ करोडको काम, अनियमितता भेटिएन

काठमाडौँ, माघ १५- चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ६३ करोड रूपैयाँभन्दा बढीको काम भएको सरकारी अध्ययनले देखाएको छ । केन्द्र सरकारदेखि भरतपुर महानगरसम्मले पटक–पटक वित्तीय र प्राविधिक मूल्यांकन गरे पनि अहिलेसम्म प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । जनस्तरबाट सहयोग संकलन गरी धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको सुरुवात गरेको थियो । भरतपुर महानगपालिकासँगको सहकार्यमा निर्माण थालिएको रंगशाला … Read more

आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं, माघ १३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् । आसिफ शेखले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) को अर्वाड जितेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरुमध्येको खेल भावना … Read more

सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन क्यानले कानुन व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ, पुस २९- सन्दीप लामिछाने माथिको निलम्बनबारे नेपाल क्रिकेट संघ (क्यान)ले छलफल गर्दै छ । सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि सुझाव माग्ने र त्यसपछि मात्र निर्णय गर्ने … Read more

धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

काठमाडौं, पुस २९ गते । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएरछाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागिथुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको … Read more

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, विदेश जान रोक

२८ पुस, काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

अहिलेसम्म विश्वकपमा गोल्डेन बुट जित्ने खेलाडीको सूची

काठमाडौँ, मंसिर २९- फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिन्छ । यदि एक भन्दा बढी खेलाडीले समान गोल गरेमा थोरै समय खेल्ने खेलाडीले गोल्डेन बुट अवार्ड पाउनेछन् । यस्तै दोस्रो स्थानमा हुनेले सिल्भर बल र तेस्रो स्थानमा हुनेले ब्रोन्ज बल प्राप्त गर्नेछन् । सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि … Read more

विश्वकप: साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल

साउदी अरेबियाले विश्वकपमा अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो । खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै साउदीले बराबरी गोल फर्कायो । खेलको ४८ औँ मिनेटमा सालेह … Read more

इंग्ल्यान्डले जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौं,कात्तिक २७- अस्ट्रेलियामा जारी टी–२० विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ। आइतबार भएको खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। इंग्ल्यान्डले एक ओभर बाँकी रहँदै जित निकाल्यो। २०१० पछि इंग्ल्यान्ड च्याम्पियन बनेको हो। साथै इंग्ल्यान्ड एकदिवसीय विश्वकपपछि टी–२० विश्वकप जित्ने पहिलो देश बन्यो। इंग्ल्यान्डले १२ वर्षपछि टी–२० विश्वकपको उपाधि जित्दा बेन स्टोक्सले ५२ … Read more

बकुलिया स्तब्ध, सिमरा कोसेली कपको उपाधि नव जनप्रगति सिमरालाई

एस.एस. पटेल, बारा । बाराको सिमरामा संचालन भएको दोस्रो कोसेली कपको उपाधि सिमराको नव जनप्रगति युवा क्लबले उचालेको छ । त्रिशूल युवा क्लब बकुलियालाई फाइनल खेलमा स्तब्ध पार्दै नव जनप्रगतिले खेलको उपाधि उचालेको हो । नव जनप्रगति युवा क्लब सिमराले त्रिशूल युवा क्लब बकुलियालाई ३-१ गोलको अन्तरले पराजित गरेको हो । खेलको पहिलो हापमा नव … Read more