आज देशभर भारी वर्षाको सम्भावना

काठमाडौं, असार २५– आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् गंगा नगरकोटीका अनुसार मनसुन सक्रिय भइरहेकाले आज देशभर नै पानी पर्ने अनुमान छ। विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् । उनकाअनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका … Read more

ललिता निवास जग्गा प्रकरणमा अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो सीआईबी

काठमाडौं,असार १९- ललिता निवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतले १७ जनालाई पक्राउ नगर्नू भनी दिएको आदेश खारेजीको माग गर्दै नेपाल प्रहरी अदालत पुगेको छ । १५ महिनाअघि न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले हदम्यादमा प्रश्न उठाई ललिता निवास जग्गा प्रकरणका १७ जना आरोपितलाई पक्राउ र धरपकड नगर्नु भनी अन्तरिम आदेश दिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान … Read more

आठ जिल्लामा ‘अति भारी’ वर्षा, बाढी पहिरोबाट बच्न ‘अलर्ट’ जारी

काठमाडौं, असार १९– स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपासका बासिन्दालाई बाढी, पहिरोबाट बच्न बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ। महाशाखाले आज बिहान सूचना जारी गरी स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको जानकारी गराउँदै ती क्षेत्रमा बाढी, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको … Read more

घट्यो पेट्रोल र डिजेलको मुल्य

काठमाडौं,असार १८- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको छ । अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ । … Read more

एसईई नतिजा यसै साताभित्र

काठमाडाैँ,१७ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको … Read more

नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

चितवन,असार १७- नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति ११ बजेदेखि पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोमा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका … Read more

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

काठमाडौँ, असार १७– पटक–पटक प्राविधिक समस्या देखिन थालेपछि श्री एयरलाइन्सले आज (आइतबार)का लागि सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो। सोही कारण आजका लागि सबै उडान बन्द गरिएको एयरलाइन्सका … Read more

सुनको जलहरी पशुपतिनाथ ज्योतिर्लिङ्गमा पुनःस्थापना गरियो

काठमाडौं, असार १४– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिमाण र गुणस्तर परीक्षण गरेपछि सुनको जलहरी पुनः पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो। कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार आयोगले नापतौल गर्न रुद्रगारेश्वरमा लगिएको जलहरी पुनःस्थापना गरिएको … Read more

तराईमा हावाहुरीको सम्भावना, वाग्मतीसहित पाँचवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं,असार १३- देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान … Read more

संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो

बारा, असार ७ गते । नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले … Read more