आजको मौसम पूर्वानुमानः तराईमा हावाहुरीको सम्भावना, पहाड–हिमालमा वर्षा र हिमपात

काठमाडौं, चैत २१- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका हिमाली भू–भागमा सामान्यतया बदली भएको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली क्षेत्रसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी … Read more

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। स्रोतका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ। खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्। साथै, जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा ठूलो रकम उडेको दाबीसहितको एक भिडियो सार्वजनिक भएपछि उक्त घटनाबारे पनि अनुसन्धान अगाडि बढाइएको बताइएको छ।

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

काठमाडौं, चैत १४- एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो । मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो । ‘रगत … Read more

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण

काठमाडौँ, चैत १३ – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ गराउनुभएको हो। राष्ट्रपति पौडेलले आज बिहान संविधानको धारा ७६(१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेसँगै प्रधानमन्त्री बन्ने … Read more

प्रधानमन्त्री सुशीला कार्कीद्वारा तीन महत्त्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

काठमाडौं, चैत १२ – प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय गरेकी छन्। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेका घटनाबारे गठित जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन तथा बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन तथा सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन्। प्रधानमन्त्रीको प्रेस सल्लाहकार … Read more

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयोः शंकर पोखरेल

काठमाडौं, चैत १२- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन् । ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि … Read more

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ, भोलि २७४ सांसदलाई सपथ गराइने

काठमाडौं, ११ चैत । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिए। ७८ वर्षीय केसीले अब चैत १२ गते बिहीबार प्रतिनिधिसभाका २७४ … Read more

आज १४ हजार ६०० ले बढ्यो सुनको मूल्य

काठमाडौं, चैत ११- नेपाली बजारमा सुनको भाउ आज (बुधबार) ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो । उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ । हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको … Read more

खाना पकाउने ग्यासको अभाव, बजारमा बढ्न थाल्यो विद्युतीय चुलोको कारोबार

काठमाडौँ,चैत १० – पछिल्लो समय पश्चिम एशियाली राष्ट्रहरूमा युद्धका कारण विकसित भएको तनाव र पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताहरू क्रमशः विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना ९साउनदेखि फागुन मसान्तसम्म० मा नेपालमा विभिन्न प्रकारका १ लाख ४७ हजार ८ … Read more

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

काठमाडौं, चैत ७ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हाल सिंगापुरमा स्वास्थ्य उपचार पूरा गरी हङकङ गएका छन्। हङकङमा उनले थप स्वास्थ्य उपचारका साथै पारिवारिक कार्यक्रममा पनि भाग लिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। देउवा फागुन १३ गते राति नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए। हङकङमा निर्धारित कार्यक्रम पूरा गरेपछि उनले स्वदेश … Read more