मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौँ, १५ जेठ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदमा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ … Read more

देशभर १९औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै

आज देशभर १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ। २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाइन्छ। राजतन्त्रको अन्त्यपछि स्थापना भएको गणतन्त्रलाई जनताको विजय र नागरिक सर्वोच्चताको प्रतीकका रूपमा लिइन्छ। यस अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ, जहाँ राष्ट्रपति रामचन्द्र … Read more

प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौंः दुर्गा प्रसाईँ

काठमाडौं, वैशाख २६- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्ष कमजोर बनेको भन्दै आफूहरू सडकबाट जनताको आवाज उठाइरहेको बताएका छन् । विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले देशमा प्रभावकारी प्रतिपक्ष नभएको दाबी गरे । उनले दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा पुगेको र विभाजित हुँदै गएको आरोप लगाए … Read more

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै

काठमाडौँ, वैशाख ४- प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने … Read more

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

काठमाडौं, वैशाख २- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा कार्यालयमा मंगलबार बिहान छापा मारेको छ । प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोलीले उनीहरूको सम्पत्ति र व्यावसायिक कारोबारमाथि छानबिन गर्न यो कदम चालेको हो । विभागको टोलीले ललितपुरको सानेपास्थित भट्टको निवास किरणभवन र कार्यालयमा छापा … Read more

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना, यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं, चैत २५- हाल देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायु को प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, यस प्रणालीको प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बागमती र कोशी प्रदेशका हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया … Read more

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर,गृहमन्त्री सुधन गुरुङ पाचौं नम्बरमा

काठमाडौँ, चैत २५ – राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो । मन्त्रीहरुको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ । हेरफेर भएको मर्यादाक्रमअनुसार प्रधानमन्त्री शाहपछि वरिष्ठताका आधारमा … Read more

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय

बारा, चैत २२- अब सरकारले सातामा दुई दिन अर्थात् शनिबार र आइतबार बिदा दिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार दुवै दिन बिदा दिने निर्णय गरेको हो। बिदाको यो निर्णय शैक्षिक संस्थामा आगामी वैशाख १५ देखि लागु हुने बताइएको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका … Read more

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

काठमाडौं,चैत २२ – नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइका लागि बहस हुने भएको हो । ओली र लेखक यहि चैत्र १४ गते पक्राउ परेका थिए । … Read more

आजको मौसम पूर्वानुमानः तराईमा हावाहुरीको सम्भावना, पहाड–हिमालमा वर्षा र हिमपात

काठमाडौं, चैत २१- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका हिमाली भू–भागमा सामान्यतया बदली भएको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली क्षेत्रसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी … Read more