लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो : प्रधानमन्त्री

काठमाडौं,जेठ ९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका हुन् । उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र … Read more

मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्रीले थपे जसपाबाट दुई मन्त्री

काठमाडौं,जेठ ९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् । प्रचण्डले ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै बल्ल सरकारले पूर्णता पाएको छ । दुवैजना जसपाका हुन् ।

भक्तपुर अस्पताल बन्यो यस वर्ष मुलुकको सर्वोत्कृष्ट

भक्तपुर, जेठ ९– भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नजरमा भक्तपुर अस्पताल यस वर्षको नै सर्वोत्कृष्ट अस्पताल बन्न पुगेको हो । न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको सरकारी … Read more

ज्ञानेन्द्र शाहको प्रश्न- नयाँ नेपाल भनेको यही हो ? नेपालको अस्तित्व छैन ?

काठमाडौं,जेठ ८- पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका छन् । धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रश्न गरेका छन्, “सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ ।” उनले नयाँ नेपालप्रति पनि कटाक्ष गरेका छन् । “के नयाँ नेपाल भनेको यही हो ?,” उनको … Read more

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस: १६ थुनामा, १६ फरार

काठमाडौं, जेठ ८ प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धानको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । प्रहरीले मुद्दा चलाउन सिफारिस गरेको ३२ मध्ये १६ जना थुनामा रहेका छन् भने १६ जना फरार रहेका प्रतिवेदनमा उल्लेख गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय … Read more

संसदमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, जेठ ८– संघीय संसद्का दुवै सदनमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रममाथि आइतबारदेखि दुवै सदनमा छलफल शुरु भएको हो। नीति तथा कार्यक्रममाथिको छलफलका लागि सोमबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। छलफलको पहिलो दिन २० … Read more

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ, जेठ ७– सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ आफ्नो धारणा राख्न कार्यसूची छ । जसअनुसार सरकारको नीति तथा कार्यक्रममाथि १० गतेसम्म सांसदहरूले … Read more

सन्दीपको मुद्दामा ढिलासुस्ती, आज मुद्दाको पेशी

काठमाडौं, जेठ ७– सन्दीप लामिछानेविरुद्धको मुद्दालाई फास्ट ट्र्याकमा लगेर छिटो फैसला गर्न सर्वोच्च अदालतले गत १५ फागुनमा जिल्ला अदालत काठमाडौंलाई निर्देशनात्मक आदेश दियो । तर, उक्त आदेश आएको दुई महिना पुग्न लाग्दा पनि मुद्दा जहीँको त्यहीँ छ । सर्वोच्चको आदेशयता जिल्ला अदालतमा चार पटक पेशी तोकिए पनि मुद्दा अगाडि बढ्न नसकेको हो । तीन पटकको … Read more

चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने, किर्तिपुर र मुलपानीको रंगशाला दुई वर्षभित्रमा स्तरोन्नति गर्ने

चितवन, जेठ ६ गते । सरकारले आगामी दुई वर्षभित्रमा काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र रङ्गशालाको स्तरोन्नति सम्पन्न गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने उल्लेख गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै चितवनको भरतपुर, … Read more

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने

काठमाडौँ, जेठ ५– सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निजगढ विमानस्थल बनाउने घोषण गरिएको हो । विगत २९ वर्षदेखि चर्चामा रहेको यो विमानस्थल निर्माणको प्रक्रिया सुरु … Read more