ट्रम्पलाई बालेनको जवाफ- हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद

काठमाडौँ,फागुन ९- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले अमेरिकी नागरिक अल्छी भएको बताएका छन् । उनले भनेका छन्– प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने … Read more

सडक दुर्घटनाः छ महिनामा १ हजार २३३ जनाको निधन

काठमाडौं, फागुन ६- चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर १ हजार २३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ … Read more

सिमेन्टको मूल्य वृद्धिविरुद्ध प्रदेश सांसदले हाले सर्वोच्चमा रिट

३० माघ, जनकपुरधाम । सिमेन्टमा भएको अचाकली मूल्यवृद्धि विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा नेपालको संविधानको धारा ४६ र १३३ (२) (३) को आधारमा परमादेश लगायत अन्य आवश्यक आदेश जारी गरी पाउँ भन्दै नेपाल सरकारका गृह मन्त्रालय, … Read more

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं, माघ २८- संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा राष्ट्रिय पा्रकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ। यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्नेछन्। यसैबिच दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा … Read more

भैरहवा पुगे रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । मुद्दा प्रक्रियामा सहभागी हुन उनी हवाइ मार्गमार्फत भैरहवा पुगेका हुन् । बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा लामिछानेसहितलाई प्रतिवादी बनाई मुद्दा दायर भएपछि अदालत उपस्थित हुन भैरहवा पुगेको नेताहरुले बताएका छन् । उनी भोलि बुधबार अदालत उपस्थित हुने बताइएको छ । सुप्रिम … Read more

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने

काठमाडौं, माघ १- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ–अनिवार्य संस्कृत रचना, अनिवार्य … Read more

थुनछेक बहसका लागि रवि लामिछानेलाई आज काठमाडौँ अदालतमा उपस्थित गराइँदै

काठमाडौं, पुस २९- सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदै छ । यसअघि आइतबार आफैँ अदालतमा उपस्थित भएका लामिछानेलाई अदालतले प्रहरी हिरासतमा राख्न आदेश दिएको थियो । अदालतले प्रहरीको जिम्मा लगाएसँगै लामिछाने प्रहरी हिरासतमा छन् । लामिछानेको मुद्दा शुक्रबार … Read more

प्रधानमन्त्री ओली आज संसदीय समितिमा जाने

काठमाडौं, पुस २९- विदेश भ्रमणबारे छलफल गर्न संसदीय समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको हो। प्रधानमन्त्रीबाट भएको पछिल्लो विदेश भ्रमण र परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१र८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले … Read more

बारासहित देशका विभिन्न ठाउँमा बिहानै भुकम्पको धक्का

बारा ,पुस २३- बारासहित देशका विभिन्न ठाउँमा मंगलबार बिहान भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का लामै समय धक्का महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन । एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ,पुस १८- नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु माझिटार भन्ने स्थानमा रहेको थियो ।