दशैँ टीकाको आज तेस्रो दिन,आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौं,असोज २८- आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप दशैँको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी रहेको छ । घटस्थापनाका दिनदेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो दिन मान्यजनकहाँ जान … Read more

बडादशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं, असोज २७- आश्विन शुक्ल पक्षको एकादशी। बडादशैँको टीका लगाउने क्रम आइतबार पनि जारी छ। आइतबार ५१ घडी ६ पला एकादशी तिथि छ। बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाताकहाँ … Read more

सुनको मूल्य एकै दिन एक हजार घट्यो

काठमाडौं, असोज २३- नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि … Read more

नारायणहिटी छाडेको २ दशक हुन लाग्दा पनि नेपाली खुसी हुन सकेनन्ः पूर्वाराजा ज्ञानेन्द्र

काठमाडौं, असोज २३- पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी दरबार छाडेको दुई दशक पूरा हुन लागेपनि नेपाली जनताको जीवनस्तरमा सुधार आउन नसकेको बताएका छन् । बुधबार विजयादशमी २०८१ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले खुसी हुन र रमाउन दसैँ नै पर्खनु पर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने रहर … Read more

मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं,असोज २२- कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक … Read more

पूर्वराजा शाहले विजया दशमीका दिन शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौं, असोज १८- पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वरानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् । पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका … Read more

यी प्रदेशमा आज हल्कादेखि भारी वर्षा हुने सम्भावना

काठमाडौं, असोज १८- देशका केही भूभागमा आज वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई … Read more

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता

काठमाडौँ, असोज १८- हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको … Read more

तीन दिन राष्ट्रिय शोकको घोषणा, झण्डा आधा झुकाइने

काठमाडौं, असोज १५- सरकारले बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद्को‍ बैठकले तीन दिन राष्ट्रिय शोकको घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। मन्त्रिपरिषद्‍ बैठकले चाडपर्वका बेला कालोबजारी नियन्त्रण गर्न प्रभावकारी … Read more

कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा … Read more