अब सवारी लाइसेन्स बनाउन ट्रायलमा ७० अंक ल्याउनुपर्ने

काठमाडौँ, मंसिर १५- बागमती प्रदेशमा आइतबारदेखि सवारीचालक लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । केन्द्र सरकारले ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका जारी गरेको दुई वर्षपछि बागमती प्रदेशले सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ट्रायलमा अंकभार प्रणाली लागू गर्ने निर्णय गरेको हो । बागमती प्रदेश श्रम, रोजगार तथा … Read more

जुम्लाबाट १२ र चितवनबाट १ घण्टामा काठमाडौं आउने वातारण बन्ने छ: अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर १५-  अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नभएको बताउनुभएको छ । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्र नबुझेकाहरुले मात्र मुलुकको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा केही दबाव र चुनौती रहेको तर संकटमा छ भन्न नमिल्ने बताउनुभयो। ‘उहाँले … Read more

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैनः माधव नेपाल

काठमाडौं,मंसिर १४- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । राष्ट्रिय राजनीतिबारे पार्टीभित्र गम्भीर छलफल भएको समेत उनले जानकारी दिए । अध्यक्ष नेपालले मतगणना नै नसकिएकाले हालसम्म सरकार गठनबारे भने कुनै पनि छलफल … Read more

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर,१४ मंसिर । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो … Read more

पर्सामा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

जानकारी नेपाल डेस्क, मंसिर १४ गते । पर्सा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा ट्र्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर ५को सखुवा टाली चोकको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने अन्दाजी ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका … Read more

बारामा हत्या गरी गाडेको अवस्थामा युवकको शव फेला

बारा, मंसिर १४ गते । बाराको कोहल्बी नगरपालिका वडा नम्बर ११ रामकुरुवामा हत्या गरि गाडेको अवस्थामा एक युवकको शव फेला परेको छ । सोही ठाँउका ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार बिहान गाडेको अवस्थामा फेला परेको हो । स्थानीयबासीले उनको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव उत्खनन् गरेर हेर्दा टाउकोमा धारिलो … Read more

समानुपातिकतर्फ एमालेले कटायो २७ लाख भोट

काठमाडौं,मंसिर १४- प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख भोट कटाएको छ। एक करोड ४२ हजार ५१४ मत गनिसक्दा एमालेले ताजा अवस्थामा २७ लाख ९०४ मत ल्याउन सफल भएको हो। सुरुदेखि नै अग्रता बनाएको एमालेले समानुतिकतर्फ अग्रता कायमै राखेको छ। उसले नेपाली कांग्रेससँग करिब डेढ … Read more

सुनको मूल्य बढ्यो

काठमाडौँ, मंसिर- १४ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार छ सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ … Read more

बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान हुन्नः अध्यक्ष ओली

काठमाडौं,मंसिर १३- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गर्नुभएको हो । … Read more

सिके राउतको जनमतले कटायो थ्रेसहोल्ड

बारा, मंसिर १३। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब थोरै मत गन्न बाँकी रहेको छ । आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९७ लाख ७१ हजार ६ सय ५७ मत गणना भइसकेको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा … Read more