काभ्रे २ मा भारी मत सहित एमालेका गोकुल बाँस्कोटा विजयी

काभ्रे, मंसिर ९- काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् । बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी भएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईंले … Read more

बारा ४ (क) को प्रदेशसभा सदस्यमा चौधरी निर्वाचित

बारा, मंसिर ७ गते । बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् । चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ … Read more

चितवनमा बलात्कारपछि महिलाको हत्या, दुई जना प्रहरी नियन्त्रणमा

चितवन, मंसिर ७- चितवनमा बलात्कार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोरखा सिरानचोक स्थायी ठेगना भएर अहिले भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियार पक्राउ परेका हुन् । चितवन प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मंसिर ४ गते निर्वाचनको मतदानका दिन बिहान … Read more

मतगणना नसकिँदै गोरखामा प्रचण्डको शानदार जित

गोरखा,मंसिर ७- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट फराकिलो जित हासिल गरेका छन् । मतगणना नसकिँदै उनी विजयी बनेका हुन् । यस क्षेत्रमा अब १२ हजार मत मात्रै गन्न बाँकी छ । अहिलेसम्म प्रचण्डले २१ हजार ७४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४ सय ६३ … Read more

झापा-५ बाट २८ हजार मतान्तरसहित एमाले अध्यक्ष ओली निर्वाचित

दमक,मंसिर ७- । झापा-५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५१ हजार ६१९ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाएका छन् । ओली अधिकारी भन्दा २८ हजार ३८८ को मतान्तर कायम गर्दै निर्वाचित भएका हुन् । राष्ट्रिय … Read more

बारा-४ बाट प्रतिनिधि सभामा किसान श्रेष्ठको सानदार जित

बारा, मंसिर ७ गते । बाराको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को सानदार विजयी भएका छ । श्रेष्ठले नेकपा एमालेका एकबाल मियाँलाई दश हजार ६६ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले ३० हजार २५६ मत … Read more

बारा ४ (ख) मा दोहोरिए जितेन्द्र सोनल

बारा, मंसिर ७ गते । बाराको क्षेत्र नम्बर ४ (ख) को प्रदेशसभा सदस्यामा लोसपाका उम्मेदवार जितेन्द्र सोनल निर्वाचित भएका छन् । सोनल यस अघिपनि सोही क्षेत्र बाट निवार्चित भएका थिए । पाँच दलीय गठबन्धनका समेत उम्मेदवार रहेका सोनल निकटतम प्रतिस्पर्धी भन्दा निक्कै फराकिलो मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सोनल १३ हजार ५९६ मतका … Read more

विश्वकप: साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल

साउदी अरेबियाले विश्वकपमा अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो । खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै साउदीले बराबरी गोल फर्कायो । खेलको ४८ औँ मिनेटमा सालेह … Read more

सर्लाहीमा २ मोटरसाइकल एकआपसमा ठोक्किर दुर्घटना हुदा बाराका १ जनासहित २ को मृत्यु

बारा, मंसिर ६ गते । सर्लाहिमा मोटरसाइकल दुर्घटना हुदा बाराका १ जना सहित २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका १२ जंगलमा २ वटा मोटरसाइकल एकआपसमा ठोक्किदा बाराका १ जना र महोत्तरीका १ जना गरी २ जनाको ज्यान गएको हो । प्रदेश नं.२–०३–००४ प ७८८४ र ज ११ प ८१० … Read more

सञ्चारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा निधन

चितवन, ६ मंसिर । लोकप्रिय सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । चितवनबाट काठमाडौँ जाने क्रममा माइक्रोबस ट्रकमा ठोक्किदा ३५ वर्षीय विश्वकर्माको निधन भएको हो । चितवनको सुन्दरवस्तीबाट नारायणघाटतर्फ जाँँदै गरेको  बा ४ ख ४१२ नम्बरको माइक्रो ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । … Read more