दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

१ भदौ, धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक … Read more

स्कुल बसले ठक्कर दिँदा बारामा एक विद्यार्थीको मृत्यु

जानकारी नेपाल, डेस्क । मधेस प्रदेशको बारा जिल्लामा स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ६ पानीट्यांकी स्थित आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला … Read more

एम्बुलेन्सबाट गाँजा बरामद, चालक पक्राउ

३१ साउन, जनकपुरधाम । सिरहा प्रहरीले एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद गरेको छ । गाँजा बरामद भएपछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका-१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको … Read more

केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता, चुनावमा मिलेर जानेबारे छलफल

काठमाडौं, साउन ३० एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ । सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन् । ‘हिजो सूर्य चिह्न … Read more

गैडाकोटको अमरापुरीमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दियो, एकको मृत्यु,दुई घाइते

गैडाकोट,साउन ३०- नवलपुरको गैडाकोटमा स्कुटरले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । गैडाकोट नगरपालिका–१७ अमरापुरी स्थित भित्री सडकमा भएको दुर्घटनामा सोही स्थान बस्ने ७० वर्षका मोहनबहादुर क्षेत्रीको मृत्यु भएको हो । स्कुटरको ठक्करबाट घाइते भएका क्षेत्रीको उपचारका क्रममा चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक टिकाराम पोखरेलले जानकारी … Read more

चितवनमा गठबन्धन भर्सेस एमाले, के छ चुनावी अंकगणित ?

चितवन, साउन ३०- सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरिसकेको छ । निर्वाचनको मिति तय भएसँगै चितवनमा चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आन्तरिक तयारीमा जुट्नुको साथै अंकगणितीय लेखाजोखामा केन्द्रित देखिन्छन् । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र एकता गरेका … Read more

स्कार्पियोको ठक्करबाट बारामा साइकल यात्रीको मृत्यु

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छातापिपरामा आज स्कार्पियोले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री भारत घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ परसवा बस्ने वर्ष ४२ का कहनाई साह तेली रहेका छन् । वीरगञ्जबाट जीतपुरतर्फ आउँदै गरेको प्र २ —०३—००१ च ६२१० नं.को … Read more

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

जानकारी नेपाल, डेस्क । राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता गरिएको छ । नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देश दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउँदै १५ बुँदे सन्देश दिएकी हुन् । थप विवरण केही बेरमा….

मिस्टर एण्ड मिस थारु २०२२ बन्न देशभरबाट ५१ जना प्रतिस्पर्धामा

काठमाडौँ, साउन २९– थारु कला, सँस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धामा उत्रिएका छन् । शनिबार काठमाडौं, बुटवल र दाङको अडिसन सकिएसंगै अन्तिम प्रतिस्पर्धीहरुको टुंगो लागेको हो । अन्तिम अडिसनमा काठमाडौँबाट १९, बुटवलबाट ५ र दाङबाट २ जना अन्तिम प्रतिस्पर्धाका लागि … Read more

शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु

नयाँ दिल्ली, साउन २९- भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो । प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको … Read more