सानाकिसान चोरी काण्ड : बडहर्वामा बबाल, स्थानीय आन्दोलित संस्थामा ताला

सिमरा बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वा स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको मूख्य कार्यालयमा स्थानीयबासी र शेयर सदस्यले तालाबन्दी गरेका छन् । गत असार १९ गते राती १२ लाख ७३ हजार नौ सय १५ रुपैयाँ चोरी भएको भनिएको घटनाले बडहर्वास्थित सहकारी संस्थामा तनाबको वातावरण सिर्जना भएको छ । घटना भएको एक महिना पुग्नै लाग्दा … Read more

आज सोमवार सुन चाँदीको मूल्यमा गिरावट

आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८ … Read more

प्रहरी हिसातमा रहेको महिलामाथी बलत्कारको प्रयास

बाँके,१६ साउन – प्रहरी हिसात मै महिला माथी बलत्कारको प्रयास भएको छ । घटना बाकेको हो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बाकेलाई सूचना प्राप्त भएपछि आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए । … Read more

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी … Read more

नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुँदै ‘प्रेमगीत ३’ , रिलिजको आठ सातापछि भिडियो ओटीटीमा

काठमाडौं,साउन १६-  नेपाली फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने भएको छ । भारतीय संस्करणको पोस्टर रिलिज गर्दै निर्माताले फिल्म असोज ७ गते रिलिज हुने जनाएका हो । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने छ । जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका … Read more

पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री, चार ढोका खुला

काठमाडौँ, साउन १६ साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको तेस्रो सोमबार आज बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । दर्शनका लागि लाखौँ भक्तजन अहिले पनि पशुपति क्षेत्रमा … Read more

चितवन रत्ननगरको बाघमारा क्षेत्रमा बाढी,६ बढि होटल तथा रेष्टुरेन्ट डुवानमा

चितवन,साउन १६- चितवनको रत्ननगर नगरपालिका ८ स्थित बाघमारा क्षेत्रमा बाढीले आधा दर्जन बढि होटल तथा रेष्टुरेन्ट डुवानमा परेका छन् । गयरातीदेखि लगातार परेको पानीले बुढी राप्ती र खगेरी खोलामा आएको बाढीले होटल तथा रेष्टुरेन्ट डुवानमा परेका हुन् । रेडरुफ,न्यूरो,ग्रिन भिउ,बेम्बो कटेज,जंगल प्यालेस होटल,दोभान रेष्टुरेन्ट,बिगबोस रेष्टुरेन्ट लगायतका होटल तथा रेष्टुरेन्ट डुवानमा परेको स्थानीय व्यवसायीले बताएका छन् … Read more

पहिरोले नारायणगढ-मुग्लिन सडक अबरुद्ध

चितवन, साउन १६- पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ४ बजे सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ घुमाउने नजिकै लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो । चितवनमा … Read more

अर्थमन्त्री शर्माले लिए शपथ

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु करिब ५३ करोड

बारा । बारामा सबैभन्दा बढी बेरुजु जीतपुरसिमरा उपमहानगरपालिकाको देखिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम ५२ करोड ९५ लाख ९० हजार देखिएको हो । उपमहानगरपालिकाले प्रतिस्पर्धाबाट गर्नुपर्ने काम पनि उपभोक्ता समितिबाट गराएको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख छ । कुल पुँजीगत खर्चको ७६ प्रतिशत खर्च उपभोक्ता समिति बनाई खर्च गरेको देखिएको छ । महालेखापरीक्षकको … Read more