गठबन्धनमा गडबड : कांग्रेस-माओवादीसँग तीन दल असन्तुष्ट

काठमाडौँ,१८ वैशाख । पाँच दलीय गठबन्धनमा स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर असन्तुष्टि चुलिएको छ । असन्तुष्टि जनाउनेमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । तीनै दलले तालमेलमा न्यूनीकरण गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बढी स्थानीय लिएको … Read more

३ दिनदेखि बेपत्ता विनिताकाे शव टुक्रा पारी गाडिएको अवस्थामा भेटियाे

इलाम । इलाम नगरपालिका- ८ सिङफ्रिङमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । विगत ३ दिनदेखि बेपत्ता स्थानीय अंदाजी ३१ वर्षीय विनिता काफ्लेको शव गाडिएको अवस्थामा शनिबार फेला परेको हो । खनेको ठाउँ  देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले घटनास्थलबाट गाडिएकाे अवस्थामा शव निकालेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका … Read more

जीतपुरसिमरा: नेपाली काँग्रेसका चौबिसै वडाका उम्मेद्वारहरु गठबन्धनलाई सहयोग गर्ने

जीतपुर, १७ बैशाख। नेपाली काँग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाको चौबिसै वडाका वडाध्यक्षका उम्मेद्वारहरुले पूर्ण रुपमा गठबन्धनलाई सहयोग गर्ने बताएका छन् । नगरसमितिका सभापति छवि पौडेलका सभापतित्वमा भएको भेलामा २४ वटै वडाका सभापति र वडा अध्यक्षका उम्मेदवारहरुले गठबन्धनका मेयर उपमेयरलाई पूर्णरुपमा सहयोग गर्ने बताएका हुन् । कार्यक्रममा मेयर उपमेयरका प्रत्यासी राजन पौडेल र मेघा शाहीको समेत उपस्थितिमा समेत … Read more

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

जनकपुर,१८ वैशाख । धनुषामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मिथिला नगरपालिका २ राघोपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मोहोत्तरीको बर्दिबास घर भएका ४० वर्षीय संजिप श्रेष्ठको मृत्यु भएको हो । ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २, ०२, ००२ प ३०५३ नम्बरको मोटरसाइकल हिजो अपरान्ह ४ बजे अनियन्त्रित भइ पल्टिएको थियो … Read more

नेकपा एमालेद्वारा जीतपुरसिमरा ६ नगौलमा घरदैलो कार्यक्रम सम्पन्न

जानकारी नेपाल डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ मा आज बिहान घरदैलो कार्यक्रममा गरिएको छ । बैशाख ३० गते हुँन गईरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका कैमुदिन अंसारीले घरदैलो कार्यक्रम गर्नुभएको हो । पार्टीका वडा कार्यसमितिका सदस्यहरु लगायत सयौं कार्यकर्ताको सहभागिता रहेको थियो ।

स्थानीय निर्वाचनका लागि बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने

नेपालगञ्ज, वैशाख १८- ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए । सीमा क्षेत्रको … Read more

चुनावी सभालाई सम्बोधन गर्न हेटौंडा आउँदै ओली

मकवानपुर, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौंडा आउँदैछन् । एमाले मकवानपुरले हेटौंडामा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न उनी हेटौंडा आउन लागेका हुन् । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेताकार्यकर्तासहित ४० हजारभन्दा बढीको … Read more

बीरगन्जबाट ५३ किलो गाँजासहित २ जना पक्राउ

बीरगन्ज,१८ वैशाख । लागु औषध ५३ किलो गाँजा लोड रहेको पिकअप सहित २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। हिजो अंदाजी २३:३० बजे जिल्ला पर्सा बीरगन्ज महानगरपालिका वडा नं.३० लालपर्सा लिटिल फलावर बोर्डिङ स्कुल अगाडि प्रहरी चौकी परवानीपुर पर्साबाट खटिएको गस्ति टोलीले ना.३ ख ६३८४ नम्बरको मिनी ट्रक लालपर्सा गाँउतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको … Read more

एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते

सिन्धुपाल्चोक, वैशाख १८- पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन् । आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उदेश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका … Read more

चितवनमा घाँस काट्न गएका पुरुषको बाघको आक्रमणबाट मृत्यु

चितवन, बैशाख १८- चितवनमा घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। खैरहनी नगरपालिका १३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो। आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले … Read more