निगमले पेट्रोलियम पदार्थको मुल्य बढायो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । गएराती देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । यो मुल्य वृद्धिसँगै  काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।

एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो । यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको नतिजामा … Read more

चितवनको रत्ननगरमा माछा मार्ने क्रममा खोलामा डुबेर युवकको मृत्यु

चितवन, असार १७- पूर्वी चितवनको रत्ननगर नगरपालिका–२ स्थित कटरिया खोलामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । आइतवार बेलुका ५ बजेको समयमा खोलामा माछा मार्न गएका स्थानीय हर्क तामाङको १८ वर्षीय छोरा सोनु तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खोलामा डुबेर अचेत भएको अवस्थामा साथीहरुले तत्काल उपचारको लागि बकुलहर अस्पताल … Read more

चितवनका १ हजार ७ सय जनालाई डेङ्गु सङ्क्रमण

चितवन, असार १६- चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका … Read more

रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाडौँ । टी-२० विश्वकप जितेपछि  भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए । रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक … Read more

रौतहटमा बस दुर्घटना, एकको मृत्यु, ८ जना घाइते

रौतहट, असार १५- रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । गौरबाट भैरहवातर्फ जाँदै गरेको बस आज (शनिवार) बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । … Read more

बाराको ट्राफिक पोष्टहरुमा पैसाको बार्गेनिङको आधारमा इन्चार्जको सरुवा

बारा, असार १४ गते । बाराको ट्राफिक पोष्टहरुमा पैसाको बार्गेनिङको आधारमा इन्चार्जहरुको सरुवा गरिएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले असार १२ गते बाराका विभिन्न ट्राफिक पोष्टहरुको इन्चार्जहरुको सुरुवा गरेको थियो । सरुवाको किसिम हेर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले बार्गेनिङको आधारमा बढि पैसा दिनेलाई व्यस्त राजमार्ग र बजार क्षेत्रमा इन्चार्जको जिम्मेवारी दिएर … Read more

बाराको जीतपुरमा खुल्यो संतोष एण्ड कम्पनीको अडिट फर्मको सेवा केन्द

बारा, असार १३ गते । बाराको जीतपुरमा संतोष एण्ड कम्पनीको सेवा केन्द्र संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको नबिल बैकंको भवनमा संतोष एण्ड कम्पनीको अडिट फर्मको सेवा केन्द्र संचालनमा आएको हो । कम्पनी दर्ता, उद्योग दर्ता, व्यवसाय दर्ता, खरिद बिक्रि खाता, स्टक बुक तयार गर्ने लगायत अडिट सम्बन्धि सम्पुर्ण सेवा दिने … Read more

एसईईको नतिजा आज सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, असार १३- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। एसईई बोर्डको अन्तिम बैठक बस्न बाँकी रहेकाले आज बिहान ७ बजे बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। पौडेलका अनुसार नतिजा प्रकाशनमा कमी–कमजोरी हुन नदिन उत्तरपुस्तिकाको अंक रुजु, अंकलाई ग्रेडिङमा रुपान्तरण गर्नेलगायत … Read more

वीरगन्जमा नेपाल–भारत खुला सीमा संवाद

वीरगन्ज । खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साको आयोजनामा वीरगन्जमा बुधबार ‘खुला सिमा– सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल–भारत खुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको थियो … Read more