बिक्रम पाण्डेको प्रश्नः माडी जाने बाटोमा आकाशे पुल र सुरुङ मार्ग बनाउँछु भन्नेहरु कहाँ गए ?

चितवन,कात्तिक १- पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले माडी मणीका रुपमा विकास हुन नसकेपछि फेरी चुनावी मैदानमा आएको बताउनुभएको छ । माडी–२ चिरौलीमा चुनावी प्रचारप्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै विकासको पर्खाइमा माडीले अब कुर्न नहुने बताउनुभयो । “माडीलाई मणी बनाउँछौं, आकाशे पुल, सुरुङ मार्ग बनाउँछु भनेका थिए, ती बनेपछि आउँला भन्दै पर्खिएँ, … Read more

वीरगञ्जबाट नारायणगढतर्फ जादै गरेको भारतीय कारमा भेटियो लागूऔषध, चार जना पक्राउ

चितवन, असोज २८– चितवनमा ठूलो मात्रामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र एक जना बारा जिल्लाका रहेका छन् । वीरगञ्जबाट नारायणगढतर्फ जादै गरेको भारतीय नम्बरको कारमा लुकाएर ल्याइएको लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, … Read more

चितवन ३ मा पाण्डे, अधिकारी र कोइरालाबीच भिडन्त हुने, कसलाई कति सहज ?

चितवन, असोज २७– नेकपा एमालेबाट चितवन ३ मा उमेदवारी दिएका रामप्रसाद न्यौपानेको उमेदवारी पार्टी अध्यक्ष केपी ओलीले काठमाडौँबाटै फिर्ता लिइदिए । ओलीले इमेल मार्फत न्यौपानेको उमेदवारी फिर्ता लिएपछि चितवन एमालेका नेता असन्तुष्ट देखिन्छन् । एमालेले अब कांग्रेसबाट बागी उमेदवारी दिएका दिनेश कोइरालालाई सघाउने भएको छ । असन्तुष्ट एमाले कार्यकर्ताले भने कोइराला भन्दा राप्रपाका विक्रम पाण्डे … Read more

नारायणी नदीले फेरि खतराको तह पार गर्‍यो, पुल क्षेत्रमा १२ मिटर पुग्यो

चितवन, असोज २१– नारायणी नदीले फेरि खतराको तह पार गरेको छ । विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरिखतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ । यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको … Read more

नारायणीमा पानीको बहाब यस बर्षकै उच्च,बाढी खतराको तह नजिक

भरतपुर,असोज २०- अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो । नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ … Read more

हेटौंडामा बस दुर्घटना हुदा २ जनाको मृत्यु, ३६ जना घाईते, अवस्था गम्भीर

एस.एस. पटेल, बारा – असोज १७ गते । मकवानपुर जिल्लाको हेटौंडामा बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई मन्दिर नजिकै ३८ जना सवार रात्री बस दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य ३६ जना घाईते भएका छन् । आईतवार राति काठमाडौ बाट … Read more

स्कूटरबाट झरेर नारायणी पुलबाट एक पुरुषले हाम फाले

चितवन,भदौ ३०- चितवनको नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (बिहिबार) ६ः५१ मिनेटमा भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी ३०/३२ बर्षका पुरुषले हाम फालेका हुन् । उनले बागमती प्रदेश ३–०२–००२ प ९१३६ नम्बरको सिल्भर कलरको स्कूटर,निलो कलरको चप्पल र एक … Read more

चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

भाद्र २६ ,चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका २ ढिकुनेका ६८ वर्षीय सुर्यनाथ अधिकारी रहेका छन् । उनी शनिबार दिउँसो १ बजे २५ वर्षीय छोरा होमबहादुर अधिकारीसँगै स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छोरा होमबहादुरले बुवा सुर्यनाथलाई … Read more

मकवानपुरमा १६० केजी गाँजासहित गुरुङ पक्राउ

काठमाडौं, भदौ २३-  मकवानपुरमा १६० किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ परेका छन् । जिल्लाको भिमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी भैसेबाट खटिएको … Read more

माडीको बाँदरझुलामा लालपूर्जा बाड्न डीजीपीएस प्रविधिबाट जग्गा नापजाँच सुरु

चितवन, भदौ १५– चितवनको दक्षिणी भेग माडीको विकट ठाउँ वडा नं.९ बाँदरझुलामा लालपूर्जा बाड्न जग्गाको नापजाँच सुरु भएको छ । बुधबार राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, माडी नगरपालिकाकी प्रमुख तारा काजी महतो सहितको प्राविधिक टोलीले बाँदरझुलामा जग्गा नापजाँच सुरु गरेको हो । डीजीपीएस प्रविधिबाट त्यहाँको जग्गा नापजाँच सुरु गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए … Read more