मेयर बालेनविरूद्ध अदालतमा मुद्दा दायर

काठमाडौं, भदौ १३। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ। बालेनविरूद्धको मुद्दामा … Read more

चार प्रदेशमा भारी वर्षाको सम्भावना

चितवन, भदौ १२– आगामी २४ घण्टामा देशका चार प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे एक सूचना जारी गरी बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना र बाँकी प्रदेशहरूमा मेघ … Read more

आगामी तीन दिनको मौसम, शनिबार बागमती र मधेसमा भारी वर्षा हुने

काठमाडौं, भदौ ९– हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसक पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र … Read more

भरतपुरको दिवान रेष्टुरेन्टबाट ६४० मिलिग्राम खैरो हिरोइनसहित एक पक्राउ

चितवन, भदौं ८- भरतपुर महानगरपालिका–१० मा रहेको दिवान रेष्टुरेन्टबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । करिब ६४० मिलिग्राम खैरो हेरोइनसहित भरतपुर महानगरपालिका–९ बस्ने ३५ वर्षीय रत्न बहादुर प्रजापतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।

उपत्यकावासीमा सरसफाइबारे जागरण फैल्याउन वाग्मती नदीमा र्‍याफ्टिङ

काठमाडौँ, भदौ ४- वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज (शनिबार) बिहान र्‍याफ्टिङ गराइएको हो । उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ आयोजना गरेको थियो । शहरी विकास मन्त्री मेटमणि चौधरी, वातावरणविद, समाजसेवीलगायत विशिष्ट व्यक्तिहरू सहभागीतामा साढे ५ किलोमिटर जलयात्रा सँगसगै नदीमा सरसफाइ पनि … Read more

चितवनमा गठबन्धन भर्सेस एमाले, के छ चुनावी अंकगणित ?

चितवन, साउन ३०- सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरिसकेको छ । निर्वाचनको मिति तय भएसँगै चितवनमा चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आन्तरिक तयारीमा जुट्नुको साथै अंकगणितीय लेखाजोखामा केन्द्रित देखिन्छन् । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र एकता गरेका … Read more

चितवनमा श्रीमतीले अचानोले हान्दा श्रीमानको ज्यान गयो

चितवन, साउन २४– चितवनमा श्रीमतीले अचानाले हान्दा श्रीमानको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा श्रीमतीले अचानोले प्रहार गर्दा ५६ वर्षीय टिकाराम वि.क.को ज्यान गएको चितवन प्रहरीले जनाएको छ । सोमबार राति नै घटना भए पनि प्रहरीले आज (मंगलबार) दिउँसो ४ः२० बजेको मात्रै खबर पाएको थियो । आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओछ्यानमा लडिरहेको … Read more

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मर्दा २ सय बढी वन्यजन्तुको उद्धार

चितवन, साउन २४ – चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् । यी गैँडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैँडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको … Read more

हेटौंडामा चार सवारीसाधन एक आपसमा ठोकियो

हेटौंडा, साउन २३- मकवानपुरमा स्कुल बससहित ४ सवारी एक आपसमा ठोक्किएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५ रागोमाटे क्षेत्रमा स्कुलसहित ४ सवारी एक आपसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका छन्। घाइते मध्ये केही हेटौंडाको रिलायन्स स्कुलका विद्यार्थी पनि रहेको प्रहरीले जनाएको छ । सुरुमा कार र ट्याङ्कर ठोक्किएर दुर्घटना भएको र त्यसपछि … Read more

चितवनमा नौ मतदानस्थल स्थानान्तरण , माडी नगरपालिकामा थपियो एउटा मतदानस्थल

चितवन, साउन २२ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने नौ वटालाई स्थानान्तरण गरिएको छ । मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख … Read more