चिसोका कारण जीतपुरसिमरा उपमहानगरपालिकाको विद्यालय तिन दिनका लागि बन्द

जीतपुर, पुस १९ गते । अत्याधिक चिसोका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालय तिन दिनका लागि बन्द गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका को कार्यालयले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा समिति को निर्णय अनुसार उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन पुष १९,२० र २१ … Read more

बारा: बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बारा, पुस १९ गते । इलाका प्रहरी कार्यालय निजगढले छिमेकी १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो । चौधरीले कोठामा पुगेकी … Read more

निजगढका वडाध्यक्ष श्रेष्ठलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमती

बारा, पुस १९ गते । जबरजस्ती करणीको मुद्धामा जिल्ला अदालत बाराले निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु श्रेष्ठलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई समय दिएको छ । म्याद थपका लागि निजगढस्थित इलाका प्रहरी कार्यालय श्रेष्ठलाई सोमबार जिल्ला अदालत पेश गरेको थियो । एक १५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपपछि फरार रहेका वडाध्यक्ष … Read more

मकवानपुरमा भ्यान दुर्घटना: बाराका १ जनाको ज्यान गयो अन्य ८ जना घाइते

बारा, पुस १७ गते । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका २ मा आज आईतवार बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा ८ जना घाईते भएका छन् । त्रिभुवन राजपथ अन्तगर्त भैसेमा ना४च ९४१ नम्बरको पिकअप दुर्घटना हुँदा बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ का १८ वर्षीयराहुलकुमार पण्डितको मृत्यु भएको प्रहरीले बताएको छ । … Read more

रौटहटमा जिपसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

रौतहट, पुष १७ गते । रौतहट जिल्लामा हिजो शनिबार साँझ जिप र मोटरसाइकलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका ३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु … Read more

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मधेस, पुस १४ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका-६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा चालक कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता … Read more

बारामा यस वर्षकै धेरै चिसो, तापक्रम ९ डिग्रीमा झर्‍यो, सिमराका उडान प्रभावित

बारा, पुस १३- बारामा चिसो ह्वात्तै बढेको छ । बुधबार देखि बारा सहित आसपासका जिल्लामा घाम लागेको छैन भने हुस्सु र चिसो हावा चलेको छ । बाराको सिमरा विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार बारामा मंसिर लगतै चिसो सुरु भएको हो । तर पुस महिनामा मंसिरको भन्दा चिसो अत्याधिक बढेको छ । बुधबार बिहान सिमराको तापक्रम … Read more

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

मधेस, पुस १३ गते । जयनगरबाट जनकपुर आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको छ । रेलले किचेर धनुषा जिल्लाको विदेह नगरपालिका-९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका-२ बस्ने ३५ वर्षीय पूर्णा सदाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा … Read more

बाराबाट निर्वाचित सांसद ज्वाला साह बनिन् मन्त्री

एस.एस पटेल, बारा । पुस ११ गते । बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह मन्त्री पदमा न्युक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्प कमल दाहालको नेतृत्वमा गठन भएको सरकारले ज्वालाकुमारी साहलाई मन्त्रीमा न्युक्त गरेको हो । हिजो सोमबार नेकपा एमाले, मओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, राष्ट्रिय उन्मुक्ति पार्टी … Read more

बाराको जीतपुरबाट दुई किलो युरेनियम सहित तीन जना पक्राउ

बारा, पुस १० गते । बारामा दुइ किलोग्राम युरेनियम सहित तिन जना पक्राउ परेका छन् । जिल्लको पथलैया–बिरगंज सडकखण्ड अन्तर्गत जीतपुरसिमराउपमहानगरपालका वडा नम्बर ७ स्थित एक होटेलबाट दुई किलो युरेनियमसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल र नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गण हेक्वा मातहत … Read more