मकवानपुरमा एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

मकवानपुर प्रहरीले एक क्विन्टल गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सडकखण्डमा ना २ ख ९८६२ नं. को ट्रकलाई चेक गर्नेक्रममा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा सहित पक्राउ पर्नेमा ट्रक चालक काभ्रेको महाभारत गाउँपालिका वडा नं. ५ बस्ने ४९ वर्षीय आइते बहादुर ठाडामगर भिमफेदी गाउँपालिका … Read more

बारा: कलैयाको एक मदर्शामा घाँटी रेटिएको अवस्थामा दुई बालकको शव फेला

एस.एस. पटेल, बारा । बाराको कलैयामा दुई बालकको घाँटी रेटिएको अपस्थमा शव फेला परेको छ । कलैया उपमहानगरपालिका-७ रंगपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कलैया उपमहानगरपालिका-७ कै अब्दुल गफार अन्सारीका करिब ८ वर्षीय छोरा अमन अन्सारी र करिब १० वर्षीय छोरा उस्मान अन्सारीको घाँटी रेटेर हत्या … Read more

एनआरएनको सहयोगमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा अक्सिबैँक शुरु

एस.एस. पटेल, बारा । गैर आवसिय नेपाली संघका अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई अक्सि बैँक स्थापना गर्न अक्सि मिटिर उपलब्ध गराएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले पैसा नहुनेहरुका लागि अक्सि मिटर किन्न गाह्रो हुने भएकोले अक्सि बैँक स्थापना गरेको र त्यस कार्यलाई शुरु गर्न एनआरएनको तर्फबाट संघलाई २० … Read more

सिमरामा निर्माण गरिएको आइसोलेशनमा गैर आवसिय नेपाली संघ युगान्डाको सहयोग

एस.एस. पटेल, बारा । गैर आवसिय नेपाली संघका अफ्रिकास्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त अभियान अन्तरगत बाराको सिमरा स्थित आईसोलेशनलाई करिब ७० हजार बराबरको स्वास्थ्य समाग्री हस्तान्तरन गरेको छ । यस संघले सोमबार प्रदेश नम्बर २ बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा संचालित आइसोलेशन सेन्टरमा आवश्यक पर्ने स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । वडा नम्बर … Read more

जीतपुरसिमरा उपमहानगरकै सरकारी गाडीमा अबैध काठ तस्करी हुदै

एस.एस. पटेल, बारा । सशस्त्र प्रहरी रिजर्भ गण पिलुवा बाराले अबैध काठसहित जीतपुरसिमरा उपमहानगरपालिकाको टिपर पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको ना १ ग ७६२ न.को सरकारी गाडीमा अबैध काठ पक्राउ परेको सशस्त्र प्रहरीका एसपी मनोज थापाले बताउनुभएको छ । पक्राउ परेका सो नगरपालिकाका चालकका अनुसार उक्त काठ जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्कर १६ वडा अध्यक्ष … Read more

कोरोना विरुद्धको लडाईका लागि सरकारले विरगञ्जको नारायणी अस्पताललाई दियो ९ करोड ८० लाख रुपैयाँ

क‍रोना भाईरस अर्थात कोभिड-१९को रोकथाम तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ। अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र नाै वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति … Read more

जीतपुरसिमराका २ जना सहित वीरगञ्जमा आइतबार ९ कोरोना सङ्क्रमितको मृत्यु

जीतपुरसिमराका २ जना सहित आइतबार वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विरगञ्जस्थित नारायणी अस्पताल, नारायणी वयोधा अस्पताल र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचाररत ४ महिलासहित ९ जनाको सङ्क्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । मृत्यु हुनेमा बाराका ४ जना, पर्साका ३ जना र सर्लाहीका १ जना … Read more

असारबाट नयाँ शैक्षिकसत्र सुरु गर्न विद्यालयहरूलाई काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले असारबाट नयाँ शैक्षिकसत्र सञ्चालनका लागि जेठभित्रै विद्यार्थीहरूको परीक्षा मूल्यांकन तयार गर्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले आइतबार विज्ञप्ति जारी गर्दै उपयुक्त विधिबाट मूल्यांकन गर्न निर्देशन दिएको हो । ‘अनलाइन वा अफलाइन विधिबाट इमेल वा अन्य उपयुक्त ढाँचामा जेठ २० गतेसम्म परीक्षा सक्न र जेष्ठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने र … Read more

भरतपुर अस्पतालमा महिला सुरक्षा गार्ड:सुरक्षा सामग्री बिनानै दिनरात सेवामा

अस्पतालमा रातको १० बज्दै थियो । सुत्केरी वार्डमा भर्खरै जन्मिएका शिशुहरु च्या च्या गर्दै रुदै थिए । लामखुट्टेको टोकाइबाट बच्नको लागि सुत्केरी कुरुवाहरु झुलभित्रै थिए । केही व्यक्तिहरु भने श्रीमतीलाई बेथा लाग्न सहज होस् भनेर अस्पताल बाहिर भित्र हिडाइरहेका थिए । यो भरतपुर अस्पतालको सुत्केरी वार्डमा हालै देखिएको दृश्य हो । यी दृश्यहरु आँखामा कैद … Read more

खाडी मुलुकबाट नेपालीले पठाए ५६० थान अक्सिजन सिलिन्डर

वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका छन्। पछिल्लो समय कोरोना संक्रमितको अवस्था भयावह र अक्सिजन अभाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले नेपाल सरकारलाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका हुन् । शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर आजै नेपाल एयरपोर्ट आइपुग्ने … Read more