बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । उनको विपक्षमा  भने ३५ मत प्राप्त भएको थियो। तीन सांसद तटस्थ बसेका थिए । बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री … Read more

हर्दी र माडी चितवन जिल्ला लिगको सेमिफाइनलमा

चितवन, साउन १३- हर्दी युवा समाज र माडी ११ सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (आइतबार) समूह बी को अन्तिम दुई खेल सम्पन्न भएसँगै हर्दी र माडीले सेमिफाइनलमा स्थान बनाएको हो । लिगको ५ खेलमा ४ जित र एक बराबरी गरेको हर्दी १२ अंकसहित समूह विजेता बनेको छ । … Read more

गोरखामा पहिरोले पुरिएर ५ जना बेपत्ता

गोरखा,साउन १३- गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएका छन्। आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको गाउँपालिका अध्यक्षलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले बताए। उनका अनुसार दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको छ। प्रहरी टोली गोरखा … Read more

काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा आज सार्वजनिक बिदा

काठमाडौं,साउन १३- उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ । बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मीको बिहीबार मृत्यु भएको थियो । नकर्मी विसं २०२१ असार २० गते जन्मिएका … Read more

प्रथम केयर भिजन स्पेलिङ बि कम्पेटिसन सम्पन्न, जीतपुर पब्लिक स्कुल प्रथम

बारा, साउन १२ गते । बाराको जीतपुरसिमरामा प्रथम केयर भिजन स्पेलिङ बि कम्पेटिसन सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया क्याम्पसको सभा हलमा सम्पन्न कार्यक्रममा जीतपुर पब्लिक स्कुल प्रथम भएको हो । केयर भिजन स्कुल जीतपुरको आयोजनामा सम्पन्न भएको स्पेलिङ बि कम्पेटिसनमा जीतपुरसिमरा उपमहानगरभित्रका ११ स्कुलहरू सहभागी भएका थिए । … Read more

चितवनका एकसहित सीटीईभीटीको छात्रवृत्ति परीक्षा दिने ५ नक्कली परीक्षार्थी पक्राउ

चितवन, साउन १२- हेटौंडाबाट चितवनका एकसहित ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको निःशुल्क (छात्रवृत्ति) तहको परीक्षा दिने पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भरतपुर महानगरपालिका ८ का रुपेश यादव, बारा जिल्ला परमाणिपुरका … Read more

भोली आजपा निकट आम सांकृतिक महासंघको विस्तारित बैठक बस्दै

साउन ११ गते- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आम सांकृतिक महासंघको विस्तारित केन्द्रिय बैठक भोलि शनिबार  बैठक आह्वान गरेको छ।पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन आम सांस्कृतिक मोर्चाले साउँन १२  गते काठमानडौ स्थित अनामनगर  तमु बुद्ध पार्टी प्यालेसमा बैठक आह्वान गरेको हो। आम सांस्कृतिक मोर्चाका केन्द्रिय … Read more

भरतपुरमा सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

भरतपुर, साउन ११- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ मा एक सवारीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । अशोक चोकमा नम्बर नखुलेको सवारी साधनले बागमती प्रदेश ०६–००३ प ६८३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर–७ बस्ने ५० वर्षीय चण्डीप्रसाद अधिकारी रहेका छन् । बिहीवार राति … Read more

पहिरोले पुरिएर ३ किशोरीको मृत्यु

रामेछाप, साउन ११- रामेछापमा पहिरोमा पुरिएर ३ किशोरीको मृत्यु भएको छ। गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गएराति पहिरोमा परेर तीन किशोरीको ज्यान गएको प्रहरीको भनाइ छ। स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका १७ वर्षकी सिता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्गको मृत्यु भएको होे। स्थानीय गोपी … Read more

क्वेस्ट फर्मास्यूटीकल औषधी उधोगको सहयोगमा जीतपुरमा बृक्षारोपण

बारा, श्रावन १० । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ६ लेन सडकको सडक पेटीमा बिरुवा रोपिएको छ । वातावरणिय सन्तुलन कायम राख्न टेवा पुगोस् भन्ने उदेश्यले बाटोको छेउमा विभिन्न प्रजातिको बिरुवा रोपिएको हो । मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको बिशेष उपस्थितिमा … Read more