जीतपुरसिमराको नगर सभामा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेमाथी कारबाहीको माग

बारा, असार १२ गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाहीको माग गरिएको छ । उपमहानगरपालिकाको दशौँ नगरसभामा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जनप्रतिनिधिलाई कारबाही र क्षतिपूर्तीको माग गर्दै सचेत नागरिक समाजले उपमहानगरलाई ध्यानाकर्षण पत्र बुझाएको हो । मंगलबार भएको घट्ना उपमहानगरको लागि लजास्पद रहेको भन्दै बुधबार उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई … Read more

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चार जना घाइते

कैलाली, असार १२- चट्याङ लागेर कैलालीमा दुई जनाको मृत्यु हुँदा चार जना घाइते भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका- ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको र धनगढी १८ मा सालिक चौधारीको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज बिहान करिब ७ः३० बजेको समयमा घरदेखि ३ सय मिटर पूर्व … Read more

बागमती प्रदेशसभाको बैठक बस्दै

काठमान्डौं, असार १२ गते । बागमती प्रदेशको प्रदेश सभाको बैठक आज पनि बस्दै छ । सभाको बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय जनाएको छ । हिजो मङ्गबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश … Read more

चितवन माडीको गोविन्दबस्तीमा एक घण्टामै झण्डै ३४ मिलिमिटर वर्षा

माडी, असार १२ चितवन जिल्लाको माडी नगरपालिकाको गोविन्द बस्ती स्टेसनमा एक घण्टामा सबैभन्दा धेरै वर्षा रेकर्ड भएको छ । गोविन्द बस्ती स्टेसनमा ३३.८ मिलिमिटर वर्षा मापन भएको छ । माडीकै वडा नम्बर ६ कल्याणपुरमा २४.४ मिलिमिटर वर्षा भएको छ । गोविन्दबस्तीपछि सबैभन्दा धेरै वर्षा नवलपरासीको डण्डामा भएको छ । त्यहाँ एक घण्टाकै अवधिमा २७.२ मिलिमिटर … Read more

माडी नगरपालिकाको बजेट ९९ करोड ६० लाख, कृषि उच्च प्राथमिकतामा

चितवन, असार ११- माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ९९ करोड ६० लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । १३औँ नगरसभामा नगरप्रमुख ताराकुमारी काजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर उपप्रमुख खेमप्रसाद महतोले बजेट पेश गरेका हुन् । प्रक्षेपित बजेटका लागि संघीय सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तिय हस्तान्तरण … Read more

दाङमा चट्याङ लागेर १० वर्षीय बालकको मृत्यु

काठमाडौं, असार ११- दाङमा चट्याङ लागेर १० बर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी सुवास विकको मृत्यु भएको हो। हिजो साँझ ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेको समयमा उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए। चट्याङ लागेर घाइते भएका विकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक … Read more

जीतपुरमा १०८ कुण्डीय गायत्री महायज्ञ हुने

बारा, असार ८ गते । बाराको जीतपुरमा १०८ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शान्तिटोल खेल मैदानमा महायज्ञ हने भएको हो । आज शनिबार बृहत १०८ कुण्डीय गायत्री महायज्ञ आयोजनाको प्रारम्भिक छलफल एवम् समिति निर्माण गरिएको छ । जीतपुरका समाज र भारतको हरिद्वार बाट आउनु भएका प्रतिनिधिहरुले संतोष … Read more

कोशी प्रदेशमा भारी वर्षाको चेतावनी, अन्य प्रदेशमा के छ सम्भावना ?

काठमाडौँ, असार ५- हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि … Read more

बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर

बुटवल । बुटवलमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार राति पाल्पाको पर्यटकीयस्थल नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको जीप दुर्घटना तीन जनाको घटनास्थलमै ज्यान गएको हो। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ का ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की  ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया … Read more

हेटौंडा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारमा टिपरको ठक्करबाट मंगलबार राति स्कुटर चालकको निधन भएको छ। मनहरीबाट चितवनतर्फ गइरहेको ना७ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको वा प्र ०२-०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यविन्दु नगरपालिका-१४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्रीको मृत्यु भएको हो। टिपरको ठक्करबाट घाइते क्षेत्रीको … Read more