लोहसण्डा गोल्डकपः सिद्धपुरलाई “सडन डेथ”मा हराउदै पर्सागढि सेमिफाईनलमा प्रवेश

बारा, जेठ २२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ मा जारी प्रथम लोहसण्डा गोल्डकमा सोमबार भएको खेलमा पर्सागढी स्पोट्र्स क्लब बढनिहार बिजयी भएको छ । वन शक्ति क्लब सिद्धपुरलाई सडन डेथमा पराजित गर्दै पर्सागढी स्पोट्र्स क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको निर्धारित समयमा दुबै टोलीले बराबरी २–२ गोल गरेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । … Read more

पत्रकार तिवारी हातेमालो सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

भएका छन् । १७औं स्थापना दिवसका अवसरमा आइतबार हातेमालो बचत तथा ऋण सहकारी संस्थाले संचारकर्मी तिवारीलाई १० हजार राशीको पुरस्कारबाट पुरस्कृत गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित संस्थाको भवनमा आयोजित एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी र संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले तिवारीलाई सम्मानपत्र प्रदान गरेका थिए । सहकारी पत्रकारिताबाट पुरस्कृत भएका तिवारी प्रेस … Read more

जीतपुरसिमरा १४ का जनताले नि:शुल्क रगत पाउने

बारा, जेठ २१ गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकालिका वडा नम्बर १४ का स्थानीयले अब निःशुल्क रगत पाउने भएका छन् । वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का बासिन्दाले निःशुल्क रगत पाउने भएका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ कि वडा अध्यक्ष चयन गुरुङले आफ्ना वडाका बासिन्दालाई आवश्यक परेको बेला रगतको … Read more

प्रथम लाेसहण्डा गोल्डकप : आयाेजक सेमिफाइनलमा प्रवेश

बारा, जेठ २० गते । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-८ मा जारि प्रथम लाेसहण्डा गोल्डकपको दोश्रो दिनको खेलमा आयोजक सनराइज युथ क्लब बिजयी भएको छ । आइतबार भएको खेलमा आयोजक सनराइज युथ क्लबले पेनाल्टीमा चन्द्रपुर एफसी बिरुद्ध ४-३ को जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाल्फको २२ औं मिनेटमा चन्द्रपुरका आशिक चौधरीले गोल गर्दै … Read more

प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा विरगञ्ज सिटिको बिजयी सुरुवात

बारा, जेठ १९ गते । विरगञ्ज सिति फुटबल क्लब विरगञ्जले प्रथम लोहसण्डा फुटबल गोल्ड कप २०८१ मा बिजयी सुरुवात गरेको छ । जनशक्ति क्बल कोल्हबीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै विरगञ्जले प्रतियोगतामा सुखद सुरुवात गरेको हो । काल्हबीलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा विरगञ्जले १–० को जीत निकालेको थियो । विरगञ्जको जीतमा जर्सि … Read more

नारायणी नदीमा डुबेर एक जनाको मृत्यु

नवलपुर, जेठ १७- नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गै‌डाकोटस्थित नारायणी नदीको दोभानघाटमा गैंडाकोट नगरपालिका–१४ का २८ वर्षका सुनील राना मगरको मृत्यु भएको हो । माछा मार्ने क्रममा नारायणीमा डुबेको खबर पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलले बताए । माछा … Read more

सुर्खेतमा आज बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेत, जेठ १७- सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो । प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ … Read more

जेष्ठ १९ देखी प्रथम लोहसण्डा गोल्डकप सुरू हुने

बारा, जेष्ठ १२ गते । जेष्ठ १९ गतेबाट प्रथम लोहसण्डा फुटबल गोल्डकप प्रतियोगिता सुरू हुने भएको छ । प्रतियोगिताको आयोजक सन राईज यूथ क्लबले शनिबार जितपुरसिमरा उपमहानगरपालिका वडा नं.८ स्थीत पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ । जेष्ठ २६ गते सम्म चल्ने प्रतियोगितामा … Read more

भरतपुरको एक कपास उद्योगमा आगलागी, उद्योग पूर्ण रुपमा नष्ट

चितवन, जेठ ७- भरतपुर महानगरपालिका–१५ मनकामना चोकस्थित एक कपास उद्योगमा गएराति आगलागी भएको छ । रौतहट माधवनगर नगरपालिका–१ घर भई हाल भरतपुर–१५ मा बस्दै आएका कौशल किशोर यादवले सञ्चालन गरेको मंगलपुर कपास प्रशोधन केन्द्रमा सोमवार बिहान साढे २ बजे अचानक विद्युत सर्ट भई आगलागी भएको हो । स्थानीय र दमकलको सहयोगमा बिहान ३ः२० बजे आगो … Read more

बैतडीमा एक पुरुषको शव फेला

बैतडी, ७ वैशाख । डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला परेका छन्। बैतडीको पाटन नगरपालिका-६ रोडाखोला स्थित डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ४५/५० वर्षीय रुपक जैरु आइतवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आएका जैरु दुई दिनदेखि सम्पर्क विहीन रहेका थिए। उनको शव स्थानीय … Read more