चितवनको माडीमा जनावरलाई थापेको विद्युतीय पासोमा परेर युवकको मृत्यु

चितवन, भदौ १७- चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ । जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानिय कृषक शिवनारायण महतो छोरा २६ वर्षीय धिरन महतोको मृत्यु भएको हो । विद्युतीय पासोबाट करेन्ट लागेर घाइते हुनुभएका उहाँलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो । … Read more

गौं हत्या विरूद्ध बारामा पनि शुरू भयो प्रदर्शन, लाग्यो गृहमन्त्री मुर्दाबादको नारा

बारा, भाद्र १६ गते । गौं हत्या काण्डले देशव्यापी रूपमा उग्ररूप लिन थालेको छ । शनिबार बारामा पनि गौं हत्या विरूद्धमा प्रदर्शन शुरू भएको छ । प्रदर्शनमा वर्तमान सरकार र गृहमन्त्री मुर्दाबादको समेत नारा लागेको थियो । बाराको जीतपुरमा गौं हत्याको विरोध सहित गौं रक्षाका लागि शान्तीपुर्ण र्‍याली निकालिएको हो । जागौं हिन्दु जागौं, गौं … Read more

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

काठमान्डौँ, भाद्र १५ गते । नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो । नक्कली नोटसहित पक्राउ पर्नेमा रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ वर्षीय दीपेश दास रहेका … Read more

रास्वपाले भोलि र पर्सि मधेस प्रदेशमा प्रशिक्षण गर्दै

काठमाडौँ, भदौ १५- पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ। हामीले विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेका छौं। त्यही अन्तर्गत मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेका हौं,’ पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए। पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख … Read more

बाघको आक्रमणबाट ठोरीमा एक जनाको मृत्यु

ठोरी, भाद्र १४ गते । पर्सा जिल्लाको ठोरीमा बाघको आक्रमणबाट एक जनाको बृद्धको मृत्यु भएको छ । जिल्लको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको हो । स्थानीय ५० वर्षीय कान्छालाल दोङको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । बुधवार राति करिब ७ बजे उनको शव … Read more

सर्पले टोकेपछि झारफुकः महिलाको मृत्यु

बैतडी, भदौ १३- बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो । मंगलबार राती साढे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राति १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले … Read more

व्यवस्थित बन्दै खैर्वा स्कुल

बारा, भाद्र १२ गते । अस्तव्यस्त अवस्थामा चल्दै आएको खैर्वा स्कुलले नँया व्यवस्थापन समितिको अध्यक्ष पाएपछि व्यवस्थित बन्दै गएको छ । बाराकोजीतपुरसिमरा – ११ स्थित रहेको उक्त स्कुलको व्यवस्थापन निकै कमजोर थियो । नँया व्यवस्थापन समिति गठन पश्चात् उक्त स्कुलले गति लिन थालेको छ । नँया व्यवस्थापन समितिका अध्यक्ष प्रतिप गौतम स्कुलकोस्तर सुधार गर्न दिनरात … Read more

तीर्थयात्री बोकेको बस बाराको चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु, १७ घाइते

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नदिकै तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छद। दुर्घटनामा एक जना नेपाली सहित ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय … Read more

वडा अध्यक्ष गुप्ताको सकृयतामा १५ कठा ऐलानी जग्गा फेला

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा करिब १५ कठ्ठा ऐलानी जग्गा पता लागेको छ । वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ताको सकृयतामा उक्त ऐलानी जग्गा पता लागेको हो । वर्षौंदेखि उक्त ऐलानी जग्गा व्यक्तिगत बनाएर भोगचलनमा थियो । सुनिलकुमार गुप्ता वडा अध्यक्षमा निर्वाचित भएदेखि विभिन्न ऐलानी र सार्वजनिक जग्गालाई खालि गराई नगरपालिकाको … Read more

कोशी प्रदेश : बैठक बोलाएर सुटुक्क काठमाडौं उडिन् उपसभामुख

विराटनगर, भदौ ४- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान गरेर उपसभामुख सिर्जना दनुवार सुटुक्क काठमाडौं उडेकी छन्। आज दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकबारे छलफल गर्न बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार आफू भने काठमाडौं उडेकी हुन्। यति एयरलाइन्सको … Read more